राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

काठमाडाैं । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमतीमाथि अभद्र व्यवहार गरेकाे आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

उनले बुधवार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकाे माओवादीनिकट स्राेतले जनाएकाे छ । मन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको छ तर छानबिन समितिको प्रतिवेदन आउनुअगाडि नै उनले राजीनामा दिएकी हुन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री