काठमाडौं ।च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नु पर्ने भन्दै आन्दोलनमा उत्रिएको छ ।
रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउ किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयातलाई प्रोत्साहन दिएर नेपाली उत्पादनलाई निरुत्साहि गरेकाले संर्घषमा उत्रनु परेको बताएका छन् ।
अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रबिधि युक्त बनाउन नसकेको र ब्यवसायिक रुपमा ४० भन्दा बढि जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै पचास हजार नेपालीलाई सरकारले बेरोजगार तर्फ धकेल्न थालेको आरोप लगाए ।
यस्तै अवस्था रहे नेपाली च्याउ उत्पादनमा लागेका किसान बारीमा नभएर रोजगारीका लागि खाडीमा जानु पर्ने बाध्यता आउने उनको भनाई छ ।
सरकार समक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे माग पत्रलाई सरकारले सम्बोधन गरेर नेपालमा उत्पादन हुने च्याउको संरक्षण र प्रर्वदनको भूमिका खेल्दै बजार ब्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए ।
संघर्ष समितिका सदस्य सचिव शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउलाई भन्दा पनि भारतबाट बैद्य अवैद्य रुपमा भित्र्ने झन्डै १ लाख मेट्रिक टन च्याउको बजारलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभाबित बनेको बताए ।
उनले नेपाली बजारमा झन्डै २० हजार मेट्रिक टन उत्पादन हुने च्याउको बजारलाई कसरी ब्यवस्थित गर्ने यस तर्फ सकरकाले ध्यान दिन नसकेको गुनासो गरे ।
संघर्ष समितिले अन्दोलनको चरणलाई निरन्तरता दिँदै आज कालिमाटि फलफूल तथा तरकारी बजारमा आफूहरुले उत्पादन गरेको बस्तु बिचौलियाहरुबाट नभई आफैले बिक्रि गरेको थियो ।
सघर्षको कार्यक्रम अन्र्तगत आज कालिमाटिमा कोण सभाका साथै बल्खु तरकारी बजारमा भारतबाट आयत गरिएको बैद्य अबैद्य च्याउ किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
आफ्ना मागहरुको सम्बोधन नगरिए चरणबद्ध अन्दोलनमा उत्रन बाध्य हुने संर्घष समितिले पत्रकार सम्मलेनमा जानकारी दिए ।
तपाईंको प्रतिकृया





