कैलालीमा रोपाइँ गर्न गएका किसानको चट्याङ लागेर मृत्यु

काठमाडाैँ । कैलालीमा चट्याङ्ग परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-३ मालाखेतीमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

मंगलबार बिहान ७:४५ बजेको समयमा मालाखेतीस्थित रेडियण्ट ग्याँस कम्पनी नजिक रोपाइँ गर्न गएका उनको चट्याङ लागेर मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बिहानदेखि पानी परेपछि कैलाली-कञ्चनपुरमा किसानहरू रोपाइँमा व्यस्त भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस