काठमाडौँ । सत्ता गठबन्धनका नेताहरूले सरकारलाई पेट्रोलियमको मूल्य घटाउन निर्देशन दिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मूल्य घटाउन सरकालाई निर्देशन दिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी थिए । सो बैठकले बैठकले कर कटौती गरी पेट्रोलियमको मूल्य घटाउन निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘प्रम निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ,’ उनले भनेका छन्, ‘सरकारको निर्देशनपछि नेपाल आयल निगमले आजै पेट्रोलियमको मूल्य घटाउन सक्छ । यसो हुँदा डिजेल र पेट्रोलमा २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य कटौती गर्ने देखिन्छ ।’
यसअघि संसदीय समितिले पेट्रोलियम पदार्थमा सरकारले उठाउँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।
प्रतिकृया दिनुहॊस