ग्लोबल आईएमई बैंकले हज यात्रीहरूलाई विदेशी मुद्रा सटहीको सुविधा दिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरूलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।

बैंकले हजयात्रीहरूको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

हजयात्रीहरूलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा ९८५११६५५२० मोबाइल नम्बर मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री