काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । यसअघि बुधबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको थियो । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।
तपाईंको प्रतिकृया




