प्रतितोला तीन सय रुपैयाँ घट्यो सुन

काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस