संसदीय समितिको बैठकमा गएनन् प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा आजको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन् । समितिले आज प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो, तर प्रधानमन्त्री गएनन् ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाएका छन् । प्रधानमन्त्रीको जवाफ सुन्न विहान समयमै बैठक कक्षमा पुगेका सांसदहरूलाई समितिका सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको जानकारी दिएकी थिइन् ।

यसअघि बजेट बारे प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवा अनुपस्थित रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after