काठमाडौं । नेपाल बैंकले ऋणपत्र निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १०.५ प्रतिश्त ब्याजदरको साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
‘प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४’ नाम दिएको उक्त ऋणपत्र पाँच वर्ष अवधिको रहने बैंकले जनाएको छ ।
उक्त सम्झौतामा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुको स्विकृति पश्चात निष्कासन गरिने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया



