पाल्पा । पत्रपत्रिका वर्गिकरणमा प्रेस काउन्सिलले अपारदर्शी निर्णय गरेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत् सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । नेपाल प्रेस युनियन पाल्पाले निर्णय सच्याउन आग्रह गर्दै प्रक्रियागत निर्णय नभए आन्दोलनमा जाने चेतावनि दिएको हो ।
‘एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ ।
पत्रपत्रिका बर्गिकरण पछि दिईने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरुलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ,’ युनियनका जिल्ला सभापति भरत शर्मा र सचिव मुक्ति न्यौपानेद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरणको नतिजाप्रति देशभरका पत्रकार र पत्रिका संचालकहरुमा ब्यापक असन्तुष्टी पाइएको छ । यसप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
ज्ञापनपत्र बुझाउँदै युनियन आवद्ध पत्रकारहरुले नतिजा निकाल्ने क्रममा राजनितिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपाबाद हावी भएको गुनासो समेत पत्रकार बृतबाट आएको बताएका थिए । उनीहरुले पत्रपत्रिका बितरण संपरिक्षण समितिको सिफारिसलाई समेत लत्याउदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको कुराले हामीलाई झन आक्रोशित तुल्याएको बताए ।
ज्ञापनपत्र बुझ्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले नेपाल प्रेस युनियनले प्रदान गरेको ज्ञापनपत्र तुरुन्त सुचना प्रविधि मन्त्रालय र मन्त्रीलाई प्रदान गरिने बताए ।
उनले देशभरका शाखाहरुको अगुवाइमा आ–आफ्नो जिल्लाका जिल्ला प्रशासन कार्यालय (सिडिओ) मार्फत बुझाएको ज्ञापन पत्रले पत्रकारको माग सम्बोधनमा सहयोग हुनेछ ।





