तोलामा १८ सय घट्यो सुन

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १८ सयले घटेको छ ।

सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री