चुँदीखोलामा डुबेर दुई युवाको मृत्यु

मुक्तिनाथ देवघाट (News)

काठमाडाैँ । तनहुँको भानु नगरपालिका-२ स्थित चुँदीखोलामा डुबेर दुई जना युवकको मृत्यु भएको छ । खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरूको ज्यान गएको हो ।

मृत्यु हुनेमा भानु नगरपालिका-२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना लगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री