मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वर कुमार तामाङ र पछाडि सवार उनकी २६ वर्षीया छोरी अमिना तामाङ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौँडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो । दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।
तपाईंको प्रतिकृया



