विद्युत प्राधिकरणले डेढ वर्षभित्र तार अन्डरग्राउन्ड गर्छ : मेयर शाह

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल विद्युत प्राधिकरणले डेढ वर्षभित्र सबै तार अन्डरग्राउन्ड गरिसक्ने बताएका छन् ।

मेयर शाहले काठमाडौँ महानगरपालिका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै उनले भने, ‘अबदेखि काठमाडौँका सबै सरोकारवालाहरू सहकार्य गरेर हिँड्नेछौं ।’

काठमाडौँ महानगरको दोस्रो कार्यपालिका बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरू अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ । जुनमा महानगरपालिकाको सहकार्य रहनेछ ।’

सडक बत्तीदेखि ढलसम्मका समस्याहरू समाधानका लागि महानगर लागेको भन्दै उनले भने, ‘यसपालि वर्षात्को बेलामा परेको कारणले तुरुन्तै गर्न सकिएन् होला । हामी अनुभूति हुनेगरी काम गर्छौं ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री