अमेरिका जाने हवाई यात्रुले अबदेखि कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ। कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो। ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन्। पयर्टक उद्योगको चर्को लबिंगपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो ।

यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । तर, आइतबारदेखि यो नियम समाप्त हुँदैछ ।

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले ९० दिनमा नीतिको पुनः मूल्यांकन गर्नेछ । तर, नयाँ भेरियन्ट देखिएमा र तत्काल पुरानो नीति अबलम्बन गर्न सकिने पनि केन्द्रले संकेत गरेको छ । अधिकांश गैर–अमेरिकी नागरिकहरूले अझै पनि देशमा यात्रा गर्न खोप लगाउनु पर्छ ।

जवनरीदेखि अमेरिकामा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको थियो । यद्यपि, पछिल्ला दिनमा फेरि संक्रमण देखिन थालेको छ।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस