सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’, डिजिटल बैंकिङ्ग थप सहज हुने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।

ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस.एम.एस.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम मा गएर पिन परिवर्तन गर्नु पर्नेछ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ शाखा कार्यालय तथा ११७ वटा ए.टि. एम संचालनमा रहेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी

काठमाडौं । सुपर बागमती हाइड्रोपावर लि. निर्माण अघि बढ्ने भएको छ । ३ बैंकबाट लगानी …

प्रतिकृया दिनुहॊस