कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको बन्दसत्र आज सुरु भएको छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदनहरु पेश भइरहेका छन् ।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्दै छन् ।

विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे अझै सहमति जुट्न सकेको छैन ।

पेश गरिएका प्रतिवेदनमाथि छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गर्ने वा समावेशी रुपमा विभाजन गर्ने भन्नेमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहॊस