रेड स्टारलाई ४ –१ ले हराउँदै पीएसजी अन्तिम १६ मा

काठमाडौँ । युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह सीमा स्विस टिम रेड स्टारलाई चार एकको भारी अन्तरले हराउँदै पीएसजी विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । रेड स्टार विरुद्धको जितका लागि खेलको नौ मिनेटमा काभानीले पहिलो गोल गरेका थिए ।

त्यसपछि ४० औं मिनेटमा नेइमारले गोल गर्दै अन्तर दुई शून्यमा पुर्‍याए । तर ५६ औं मिनेटमा रेड स्टारले गोल फर्काउदै अन्तर कम गरेको थियो । रेड स्टारका लागि मार्को गोबेल्जिकले ५६ औँ मिनेटमा गोल गरेका थिए ।

७४ औं मिनेटमा र्माक्विनोसको गोलमार्फत पिएसजीले खेल तीन एकमा पुर्याए । खेलको इन्जुरी समयमा केलियन एम्बाप्पे अर्को गोल गरेपछि पिएसजी चार एकले विजयी भयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस