भारतका पाँच राज्यमा चुनाव : नरेन्द्र मोदीलाई ठूलो धक्का

काठमाडौँ । आगामी वर्ष हुने केन्द्रीय संसद् लोकसभा को चुनावको ‘सेमिफाइनल’ का रुपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का बेहोरेको छ।

राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यको विधानसभा चुनावको पछिल्लो मतपरिणामलाई हेर्दा भाजपाले निरासाजनक नतिजा हात पार्ने निश्चित देखिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा नयाँ दिल्लीबाट सुरेशराज न्यौपानेले लेखेका छन्।

यी पाँच राज्यमध्ये राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा भाजपाकै सरकार थियो। यी तीनै राज्यमा उसले नमिठो हार बेहोरेको छ।
पाँच वर्षअघि २३० मध्ये एक १६५ सिट जितेको भाजपा यस पटक भने १०९ सिटमा झरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस