हुम्लामा जनता बैंकका एकैपटक तीन नयाँ शाखा

काठमाडाैं । जनता बैंक नेपाल लिमिटेडले हुम्लामा एकैपटक तीन शाखा बिस्तार गरेको छ । हुम्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालीकामा एकै पटक तीन शाखा विस्तार गरेको हो ।

शुक्रबारबाट तीनै शाखाबाट सम्पूर्ण बैंकिङ कारोवार सुरु भएको छ । हरेक स्थानीय तहमा बैंकिङ सेवा संचालन गर्ने नेपाल सरकारको लक्ष्य अनुसार जनता बैंकले हुम्ला जिल्लाका तीन गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको हो । पहिलो दिन सबै शाखामा उत्साहजनक कारोवार भएको अदानचुली शाखा प्रमुख हरिचन्द्र रेग्मीले बताए ।

जनता बैंकले बैंकिङ सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थानीय निकायमा आएकाले सबैलाई बैंकिङ सेवा लिन शाखा प्रमुख रेग्मीले आग्रहसमेत गरेका छन् । ग्रामीण भेगका बासिन्दालाई सेवा दिने उद्देश्यले खोलिएका बैंकले स्थानीय निकायमा हुने आर्थिक कारोवारलाई लक्षित गरेका छन् ।

गाउँमै बैंक आएपछि स्थानीयलाई आर्थिक कारोवारका लागी जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या टरेको अदानचुलीका स्थानीय व्यापारी वर्षे रोकायाले बताए । यस अघि दुई दिनको पैदल हिडेर स्थानीय बासिन्दा जिल्ला सदरमुकाम सिमकोट पुगी आर्थिक कारोवार गर्ने गरेका थिए ।

सात गाउँपालिका रहेको हुम्लामा जिल्ला सदरमुकाम सिमकोट बाहेकका स्थानीय निकायमा जनाता बैंकले तीन, सिटिजन्स् बैंकले दुई, प्रभु बैंकले एक शाखा बिस्तार गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस