माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति चुनावमा आफ्नो जित भएको दाबी गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले पनि वर्तमान राष्ट्रपति अब्दुला यामिनमाथि विपक्षी नेता सोलिहले धेरै मतान्तर बनाएको जनाएका छन् ।

माल्दिभ्स इन्डिपेन्डेन्ट वेबसाइटका अनुसार कूल ४७२ मतपेटिकामध्ये ४३७ मतपेटिकाको मत गणना हुँदा विपक्षी नेता सोलिह धेरै मतले अगाडि रहेको जनाएको छ । तर त्यहाँको निर्वाचन आयोगले भने अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । सुरुआती नतिजा आउन थालेपछि सोलिहले राजधानीमा खुसीयाली मनाएका छन् ।

उनले राष्ट्रपति यामिनलाई जनताले दिएको मत स्वीकार गर्न अपील गरेका छन् । सोलिहले राष्ट्रपति निर्वाचनमा आफू १६ प्रतिशत बढी मत ल्याएर जितेको दाबी गरेका छन् । स्थानीय सञ्चारमाध्यमले हालसम्म ९२ प्रतिशत मतगणना भइसकेको जनाएका छन् । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस