Tag Archives: mainnews

मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरूले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको उल्लेख गरे । ढकालले नेपालमा लगानीका …

पुरा पढ्नुहॊस »

संसद्‌ बैठकमा आज मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सापटी दिएको पैसा माग्दा झगडा, शिक्षिकाले लिइन् विष्टको ज्यान

काठमाडौं । बैतडीमा एक पुरुषको हत्या आरोपमा परेकी परेकी शिक्षिकाले व्यक्तिगत लेनदेनको विषयमा झगडा हुँदा मृत्यु भएको बयान दिएकी छन् । पाटन नगरपालिका-६ का ५१ वर्षीय विरभान सिंह विष्टको हत्या आरोपमा पक्राउ परेकी ३६ वर्षीया भागरथी विष्टले प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमा यस्तो बयान दिएकी हुन् । भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत रहेकी छन् । उनी एकल महिला हुन् । उनले आफ्नै घरमा आएको बेला असार १ गते राति चिर्पट …

पुरा पढ्नुहॊस »

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव र बजेटमाथि छलफल गर्न रोष्टममा पुगेका लिङदेनले सम्बोधनका क्रममा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया आफूलाई हेर्दा कम आक्रोश पोख्ने र कम रिसाउने मान्छे हो म, तर जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बजेट …

पुरा पढ्नुहॊस »

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं । प्रा.डा. गोविन्द केसीले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन गर्न आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि अनसन सुरु गर्ने चेतावनी दिएका हुन् । उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताएका छन् । ‘चिकित्सा शिक्षा आयोगको बैठक आज …

पुरा पढ्नुहॊस »

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौँमा हुने आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरेका हुन् । ‘स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर …

पुरा पढ्नुहॊस »

ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । गाउँपालिका अध्यक्ष गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत थिए । उनको उपचारकै क्रममा सोमबार निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए । स्वर्गीय गच्छदारको अन्त्येष्टि आज गरिने छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

पुरा पढ्नुहॊस »

आज निर्जला एकादशी व्रत, घरको मठमा तुलसीको दल राखिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । यसपालि एकादशी तिथि पूरै सोमबार नै परेको थियो त्यसैले वैदिक परम्पराका अनुयायीले सोमबार नै तुलसीको दल राखेका छन् । …

पुरा पढ्नुहॊस »

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई युवकको गयो ज्यान

काठमाडौँ । सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । सोमबार अपराह्न ४ः२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए । ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउने …

पुरा पढ्नुहॊस »