Tag Archives: mainnews

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेपाली बैंकले विदेशी लगानीका आयोजनामा ऋण लगानी गर्दा स्वदेशीले लगानी पाएनन् : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका आयोजनामा ऋण लगानी गर्दा स्वदेशीले लगानी नपाएको बताएका छन् । बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले बैंकहरुले जलविद्युतमा गर्ने लगानीको एउटा सानो सीमा बडाउने पर्ने बताए । ‘बैंकहरुसँग जलविद्युतमा गर्ने लगानीको एउटा सानो सीमा छ । विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी …

पुरा पढ्नुहॊस »

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । प्रदेश तहको निर्वाचन ‘बहिष्कार’ गरेको रास्वपाले मिति घोषणा नहुँदै स्थानीय तहमा हुने उपचुनावका लागि भने तयारी थालेको हो । सो पार्टीका सभापति रवि लामिछानेले पनि स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताए । निर्वाचनका लागि कुन ढंगले अगाडि …

पुरा पढ्नुहॊस »

भारतमा परराष्ट्रमन्त्रीले पाएको सम्मानको चर्चा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा छिन् । उनी ५ दिने भ्रमणका लागि भारत गएकी हुन् । भारतमा परराष्ट्रमन्त्रीले आफ्नो स्वास्थ्य उपचार गरिरहेकी छन् । भारत भ्रमणका क्रममा आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री डा. आरजुको भारत भ्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । भारतले परराष्ट्रमन्त्री आरजुलाई दिएको सम्मान र महत्वलाई लिएर राजनीतिक वृत्तमा चियोचर्चा भइरहेको हो । …

पुरा पढ्नुहॊस »

फेरि उर्लियो बागमती, सुदूरको कैलाली डुबानमा

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौंको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बुधबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ । महाकाली …

पुरा पढ्नुहॊस »

पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले दोषी चिकित्सकलाई कारबाहीको माग गरेका हुन् । अस्पतालमा मंगलबार पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी एक महिलाको मृत्यु भएको हो । आफन्तहरूले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानबिन गर्न माग गरेका छन् । भरतपुर महानगरपालिका-१२ मुनालचोकमा बस्दै आएकी ३९ वर्षीया सम्झना काफ्लेको मृत्यु भएको थियो । लठ्याउने सुई लगाएपछि होस नआई राति ९ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबाार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । दुई दिन घटेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसदिन सुनको मूल्य एकैपटक तोलामा ८ सय रुपैयाँ बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेद गरेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा …

पुरा पढ्नुहॊस »

गृहमन्त्रीलाई शिक्षामन्त्रीको माग- त्रिवि असुरक्षित भयो, सुरक्षा प्रबन्ध मिलाइयोस्

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षा प्रवन्धको माग गरेकी हुन् । शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध …

पुरा पढ्नुहॊस »

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय …

पुरा पढ्नुहॊस »

देशभर रातिदेखि नै ठूलो वर्षा, कहाँ-कहाँ छ जोखिम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, …

पुरा पढ्नुहॊस »