Tag Archives: mainnews

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुई तिहाइ सांसदको विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । गत साउन ७ गते मुख्यमन्त्री नियुक्त आचार्यले मंगलबार प्रदेशसभाबाट दुई तिहाइ विश्वासको मत लिएका हुन् । उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे । लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ । मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए । आचार्य तीन …

पुरा पढ्नुहॊस »

नेपालमा १० महिनापछि टिकटक खुल्दै, सर्त पालना गर्न तयार

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी शुरु …

पुरा पढ्नुहॊस »

नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न ३५ दिनभित्र राष्ट्र बैंकको अनुमति लिनुपर्ने (सूचनासहित)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडाैं । अब नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले नेपालीले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामुलक सूचना जारी गर्दै नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली जम्मा गर्न सक्ने भएपनि त्यस्तो रकम व्यक्ति नेपाल फर्किसकेको अवस्थामा समेत विदेशमा नै राख्न चाहेमा स्वीकृति लिनुपर्ने स्पष्ट पारेको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा …

पुरा पढ्नुहॊस »

गठ्ठाघर दुर्घटना : स्कुटर नदेखेको ट्रक चालकको बयान

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको दुईवटै समितिले काम गरिरहेका छन् । गत साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन गर्न प्रहरी र प्रशासनले गठन गरेका समितिले काम गरिरहेका हुन् । उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको समितिले छानबिन सकेर आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । सो क्रममा …

पुरा पढ्नुहॊस »

आज गाईजात्रा : दिवंगतको सम्झना गर्दै मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ। वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइन्छ। गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ। काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ। दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ। भक्तपुरमा बाँसमा मृतकको …

पुरा पढ्नुहॊस »

रातिदेखि नै देशभर ठूलो वर्षा, कहाँ-कहाँ छ जोखिम ?

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेपालबाट थप २५१ मेगावाट विद्युत भारत निर्यातको बाटो खुल्यो

काठमाडौं । भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको छ’, भारतीय दूतावासले भनेको छ । भारतीय दूतावासका अनुसार यो स्वीकृतिसँगै नेपालले पहिलोप टक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात …

पुरा पढ्नुहॊस »

सहकारी प्रकरण : रवि लामिछानेसँग बयान लिने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यसअघि बोलाउने तयारी गरे पनि विभिन्न कारणले मिति सरेको समितिका एक सदस्यले जानकारी दिए । ‘प्रमाण बिना बोलाउने कुरा भएन । प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ । त्यसका लािग अर्को व्यक्तिको बयान हुनेछ,’ उनले भने, ‘भदौ ७ गतेतिर उहाँलाई बोलाएर बयान लिनुपर्छ …

पुरा पढ्नुहॊस »