Tag Archives: mainnews

संसदीय समितिमा रविको इन्कारी बयान- गोरखा मिडियाले लिएको ऋणको जिम्मा म लिन्नँ

काठमाडौं । सहकारी ठगीको आरोमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगी छानबिन विशेष समितिमा इन्कारी बयान दिएका छन् । समितिमा उपस्थित भएका उनले बयानका क्रममा आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको यसअघिकै दाबीलाई दोहोर्‍याएका हुन् ।

पुरा पढ्नुहॊस »

सुदूरपश्चिममा गौरा पर्व सुरु, विरुडा पञ्चमी मनाईयो

काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको पहिलो दिन घर-घरमा बिरुडा राखेर मनाइँदै छ । याे दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।

पुरा पढ्नुहॊस »

विष्णु माझीको तीज गीत ‘आइनँ आमा…’ बजारमा (भिडिओ)

काठमाडौं । लोक संगीतप्रेमी स्रोता-दर्शकको जिज्ञासा थियो- विष्णु माझीको गीत कहिले आउँछ? पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने गरेकी छन् । त्यसैले यसपालि पनि उनको स्वरका प्रशंसकहरू नयाँ गीत पर्खिरहेका थिए । अन्ततः विष्णु माझीको यसवर्षको तीज गीत युट्युबमा सार्वजनिक भएको छ ।

पुरा पढ्नुहॊस »

टिकटकले भन्यो- नेपाल सरकारको निर्णयले खुसी छौं

काठमाडौं । टिकटकले नेपाल सरकारको निर्णयप्रति खुसी व्यक्त गरेको छ । एक विज्ञप्तिमार्फत् टिकटकले नेपालमा टिकटक प्रतिबन्ध हटाएकोमा खुसी व्यक्त गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । ‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुसी छौं । यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं,’ टिकटकले नेपाल प्रतिनिधिमार्फत भनेको छ, ‘नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि …

पुरा पढ्नुहॊस »

मर्स्याङ्दीमा खसेको बसमा सवार ३९ यात्रुको परिचय खुल्यो

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ । आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए । उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको …

पुरा पढ्नुहॊस »

तनहुँ दुर्घटना : घाइतेलाई लिन सेनाको हेलिकोप्टर दुर्घटनास्थलतर्फ

काठमाडौं । भारतीय पर्यटक सवार बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । बस तनहुँको आँबुखैरेनीनजिक ऐना पहरा भन्ने स्थानबाट नदीमा खस्दा मृत्यु भएका १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘१४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको छ । उद्धार कार्य जारी नै छ,’ थापाले भने । घाइतेलाई काठमाडौं …

पुरा पढ्नुहॊस »

मर्स्याङ्दी बस दुर्घटना : १४ को मृत्यु, १६ जनालाई अस्पताल पठाइयो (अपडेट)

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ । १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको हो । …

पुरा पढ्नुहॊस »

पोखराबाट काठमाडौं आउँदै गरेको बस मस्याङ्दीमा खस्यो

काठमाडौं । तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेको छ । युपी ५३ एफटी ७६२३ नम्बर प्लेटको बस बिहान साढे ११ बजेतिर आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार पोखराबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको खबर छ । घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापतिविरुद्ध झन् खरो रूपमा उत्रिएका छन् । दोस्रोपटक साधिएको स्पष्टीकरणको जवाफ फर्काउँदै मुकुलले सभापति रवि लामिछानेमाथि प्रश्न बर्साएका हुन् । डा. ढकालले सभापतिलाई जस्तो ठग, भ्रष्ट र अपराधी भएको आरोप लगाउँदै उनको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताएका छन् । ‘तपाईँ ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ …

पुरा पढ्नुहॊस »

टिकापुर घटनाको ९ वर्ष पूरा : के भन्छन्- रेशम र रञ्जिता ?

काठमाडौं । २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यसको भोलिपल्ट रेशम चौधरीकोको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको उक्त घटनाको ९ वर्ष पूरा भएको छ ।

पुरा पढ्नुहॊस »