Tag Archives: mainnews

दोरम्बा पहिरो : घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइयो ६ शव, चारको खोजी जारी

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गए राति गएको पहिरोमा परी मृत्यु भएका ६ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडाै‌ पठाइएको छभने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो । हराइरहेका अन्य चार जनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए । …

पुरा पढ्नुहॊस »

भुटानलाई हराउँदै नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पुरा पढ्नुहॊस »

ठमेलबाट झन्डै ४ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौं ठमेलबाट चार करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ परेका छन् । आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई एक किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो । उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ …

पुरा पढ्नुहॊस »

नेपाली तीर्थयात्री चढेको बस समस्तीपुरमा दुर्घटना

काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ । आइतबार बिहान बिहारको समस्तीपुरमा बस दुर्घटना भएको हो । दुर्घटनामा ३० बढी यात्रु घाइते भएका छन् । बसमा ४३ जना यात्रु रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू सबै मधेश प्रदेशका हुन् ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्रलाई व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएसँगै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानून …

पुरा पढ्नुहॊस »

दोरम्बा पहिरो अपडेट- ६ जनाको शव भेटियो, ४ बेपत्ता

काठमाडौं । रामेछापको दोरम्बाको शैलुङ गाउँपालिका-३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छभने अन्य ४ जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु …

पुरा पढ्नुहॊस »

कांग्रेस सभापति देउवाको घर अगाडिको शंकास्पद वस्तु निष्क्रिय, ‘इलेक्टिक केतली’मा भेटियो माटो

काठमाडौं । कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरअगाडि राखिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । शनिबार राति राखिएको उक्त वस्तु बिहान नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेको हो । धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे थाहा पाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराकाअनुसार …

पुरा पढ्नुहॊस »

त्रिशूली नदीमा खस्नबाट जोगियो महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस (भिडिओ)

काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आइतबार बिहान भरतपुर महानगरपालिका-२९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परेको बस सडक किनारमा लगाइएको बारले छेकेकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको बसको सवार १० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि भरतपुर लगिएको छ । भिडिओ …

पुरा पढ्नुहॊस »

देउवा निवासअगाडि शंकास्पद वस्तु, नेपाली सेनाको टोली पुग्यो

काठमाडौं । कैलालीको धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ । धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको हो । कैलाली प्रहरीका अनुसार पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु के हो भन्ने खुलेको छैन । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोली पुगेको छ । यसअघि काठमाडौंको बलम्बुमा भेटिएको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »