खेल

नेपाल भारतसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो

काठमाडौं । जारी एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा जारी समूह ए अन्तर्गतको अन्तिम खेलमा आज नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको भारतले ८.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।  यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल केवल २२.१ ओभरमा अल आउट हुँदै ५२ रन मात्र बनाएको थियो । यो …

पुरा पढ्नुहॊस »

५२ रनमा समेटियो नेपाल, कसैले पनि बनाउन सकेनन् दोहारो अंकको रन

काठमाडौं । एसीसी यू–१९ एसिया कपको अन्तिम खेलमा नेपालले भारतविरुद्ध दयनीय प्रदर्शन गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाली ब्याट्सम्यानहरुले लज्जास्पद प्रदर्शन गर्दै भारतलाई ५३ रनको लक्ष्य दिएको छ । नेपालले २२.१ ओभमा ५२ रनमा समेटिँदै भारतलाई ५३ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि अर्जुन कुमाल र दिपक बोहोराले ७÷७ रन बनाए भने गुल्सन झाले ४ रन बनाए । भारतीय बलरसामू खुलेर ब्याटिङ गर्न नसकेको नेपालले …

पुरा पढ्नुहॊस »

हङकङ ट्रेल रेसमा धाविका सुनमायाले बनाइन् नयाँ कीर्तिमान

काठमाडौं । हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छिन् । सुनमायाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी हुन् । हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी हुन् । यो कीर्तिमानले उनलाई शीर्षस्थानमा …

पुरा पढ्नुहॊस »

यू-१९ एसिया कपमा नेपालको खराब शुरुवात, पाकिस्तानसँग पराजित

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५३ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुदै १५२ रन बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने …

पुरा पढ्नुहॊस »

मेस्सी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित

काठमाडाैँ । अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेस्सी प्रतिष्ठित टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन् । गत जुलाईमा मियामीमा आबद्ध भएका मेस्सीले १४ खेलमा ११ गोल गर्दै टोलीलाई पहिलो ट्रफीका रूपमा लिग्स कपको उपाधि दिलाएका थिए । ३६ वर्षीय खेलाडीले गत अक्टोबरमा कीर्तिमानी आठौँ बालोन डी’ ओरको उपाधि पनि हासिल गरेका थिए । ‘लियोनेल मेस्सीले इन्टर मियामीमा यो वर्ष आबद्ध भएपछि अमेरिकालाई फुटबल राष्ट्रमा परिणत गरे, जुन कुरा असम्भव …

पुरा पढ्नुहॊस »

ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाको जित

काठमाडौँ । अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ६३औँ मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ८१औँ मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा …

पुरा पढ्नुहॊस »

विश्वकप छनोट : नेपाल यमनसँग २-० ले पराजित

काठमाडौं । घरेलु टोली नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो । यमनको जितमा खेलको ७२औँ मिनेटमा ओमार अब्दुल्ला दाहिले पहिलो गोल गरेका थिए भने खेलको ९०औं मिनेटमा मोहमद अबुल्लाह अल दाहिले दोस्रो गोल गरेका थिए । विश्वकप छनौटको समूह एचमा रहेको नेपालको यो दोस्रो हार हो । यसअघि नेपालले युएईसँग ४-० …

पुरा पढ्नुहॊस »

विश्वकप फुटबल छनोट : यमनलाई हराउने नेपालको लक्ष्य

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको …

पुरा पढ्नुहॊस »

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं । अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँ पटक विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको …

पुरा पढ्नुहॊस »

विश्वकप फाइनल : भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा उपाधि जित्न अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भयो । भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले …

पुरा पढ्नुहॊस »