काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो । खेलको २७ औं मिनेटमा टोटनह्यामका ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । जितसँगै टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लेगको खेलपूर्व चेल्सी दबाबमा आएको छ । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका …
पुरा पढ्नुहॊस »लिभरपुल एफए कप फुटबलबाट बाहिरियो
एजेन्सी । लिभरपुल जारी एफए कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । सोमवार राति सम्पन्न भएको तेस्रो चरणको खेलमा लिभरपुल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । खेलको ३८ औँ मिनेटमा उल्भ्सका लागि राउल हेमिनेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले पछाडि रहेको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ५१ औँ मिनेटमा लिभरपुलका लागि डिभोक ओरीगीले गोल गर्दै खेललाई …
पुरा पढ्नुहॊस »लेस्टर सिटी र फुलह्याम पराजित
काठमाडाैँ । एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी तेस्रो डिभिजनको क्लब न्यूपार्ट काउन्टीसँग पराजित भएको छ । न्यूपोर्ट काउन्टीको मैदानमा भएको एफए कपको तेस्रो चरणको खेलमा शीर्ष डिभिजन खेलिरहेको लेस्टर २–१ ले पराजित भयो । खेलको दशौं मिनेटमा जेमिल म्याटले गोल गर्दै न्यू पोर्टलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा रिचर्ड घेज्जालले गोल गर्दै लेस्टरलाई खेलमा फर्काए । तर त्यसको तीन मिनेटपछि नै न्यूपोर्टले पेनाल्टी पायो । पेनाल्टीलाई पाद्रेग …
पुरा पढ्नुहॊस »म्यानचेस्टर सिटीकाे शानदार जित
काठमाडाैँ । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा रोथरह्याम युनाइटेडलाई ७–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणमा स्थान पक्का गरेको हो । सिटीको जितमा रहिम स्र्टलिङ, ग्याबरियल जेसस, रियाद मेहरेज, वटामेन्डी र फिलिप वाल्टरले एक–एक गोल गर्दा एउटा गोल भने उपहार पाएको थियो । पहिलो हाफको १२ औं मिनेटमा केभिन डी ब्रुइनको सहयोगमा रहिम स्र्टलिङले सुरुआती गोल गरेका थिए …
पुरा पढ्नुहॊस »आर्सनलको जितमा युवा स्टार जो र एलेक्सको गोल, पुग्यो चौथो चरणमा
काठमाडाैँ । आर्सनल एफएक कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा ब्ल्याकपुलमाथि ३–० को जित निकाल्दै आर्सनलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा जो विलोकले दुई तथा एलेक्स इओबीले एक गोल गरे । १९ वर्षका विलोकले ११ र ३७ मिनेटमा गरी पहिलो हाफमा नै दुई गोल गरेका हुन् । यस्तै ८२ औँ मिनेटमा इओबीले गोल गरेपछि आर्सनल …
पुरा पढ्नुहॊस »मेस्सी भन्दा नेयमार र एमबाप्पे मुल्यवान खेलाडी
एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी भन्दा पेरीस सेन्ट जर्मेन (पीएसजी) का दुई स्टार नेयमार र केलियन एमबाप्पे सर्वाधिक मुल्यवान खेलाडी बनेका छन् । फुटबल बेन्चमार्क डटकमको एक अध्ययन अनुसार मेस्सीलाई पछि पार्दै नेयमार र एमबाप्पे मुल्यवान खेलाडी बनेका छन् । फुटबल बेन्चमार्कले अडिटर्स कम्पनी केपीएमजीसंगको सहकार्यमा गरेको अध्ययनले ब्राजिलियन फरवार्ड नेयमार सर्वाधिक मुल्यवान खेलाडी रहेका छन् । नेयमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ । यस्तै फ्रान्सका युवा स्टार एमबाप्पे दोस्रो स्थानमा रहेका छन् । …
पुरा पढ्नुहॊस »लिभरपुलका स्ट्राइकर सोलान्के बर्नेमाउथमा अनुबन्धित
एजेन्सी । इंग्लिश क्लब लिभरपुलका स्ट्राइकर डोमिनिक सोलान्के बर्नेमाउथमा अनुबन्धित भएका छन् । युवा स्ट्राइकर सोलान्केलाई बर्नेमाउथले १९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । बर्नेमाउथले सोलान्केलाई लामो समयका लागि क्लबमा अनुबन्ध गरेको जनाएको छ । इंग्ल्यान्डका २१ बर्षिय सोलान्के गत सिजन चेल्सीबाट लिभरपुल आएका थिए । यू-२० विश्वकप विजेता सोलान्केले लिभरपुलबाट २१ खेल खेल्दै १ गोल गरेका छन् ।
पुरा पढ्नुहॊस »लिभरपुलको अपराजित यात्रामा सिटीकाे पुर्णविराम
एजेन्सी । ईङलस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लिभरपुलको अपराजित यात्रामा पुर्णविराम लगाई दिएको छ । बिहिबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटी उपाधि होडमा समेत फर्किएको छ । ईतिहाद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन सर्जियो अग्युरो र लिरोय सानेले गोल गरे । लिभरपुलका राबर्टो फिर्मिन्होले एक गोल फर्काए । ४० औ मिनेटमा अग्युरोको गोलमार्फत सिटीले अग्रता बनाएको थियो । फिर्मिन्होले ६४ औ मिनेटमा खेल …
पुरा पढ्नुहॊस »इंग्लिस प्रिमियर लिग : फुलह्यामलाई आर्सनलले ४–१ ले हरायो
काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले रेलिगेसन जोनको फुलह्यामलाई ४–१ ले हरायो । प्रिमियर लिगको अघिल्लो खेलमा लिभरपूलसँग ५–१ को हार ब्यहोरेको आर्सनलले इमिरेट्स स्टेडियममा फुलह्यामको पोस्टमा चार गोल गर्यो । फुलह्यामविरुद्ध जित दिलाउनका लागि ग्रानिट जाका, अलेक्सान्द्रे लाकाजेटी, एरोन राम्से र पिएरे एमरिक अबामेयाङ्ले एक–एक गोल गरे । जाकाले २५औँ मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए …
पुरा पढ्नुहॊस »प्रिमियर लिगमा आज : टोटेनहमलाई दोस्रो स्थानमा उक्लने अवसर
एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा मंगलबार विभिन्न ३ खेलहरु संचालन हुँदैछ । नयाँ बर्षको पहिलो दिन मंगलबार टोटेनहम, आर्सनल, लेष्टर सिटी लगायतका टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रिमियर लिग अन्तर्गत मंगलबार हुने पहिलो खेलमा एभर्टन र लेष्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । एभर्टनको मैदानमा हुने खेल बेलुका ६: १५ मा सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछन् । एभर्टन २७ अंक जोडेर लिगको १० औं स्थानमा छन् । २८ …
पुरा पढ्नुहॊस »