मोहम्मद सालह लगातार दोस्रो वर्ष बने अफ्रिकन वर्ष फुटबलर

काठमाडौँ ।  इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहम्मद सालहले लगातार दोस्रो वर्ष अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका छन् ।

बेलायती सञ्चार संस्था बिबिसीले हरेक वर्ष प्रदान गर्दै आएको बिबिसी अफ्रिकन फुटबलर अफ द इयरका लागि अन्तिम मनोनयनमा परेका खेलाडीबाट उनले अवार्ड जितेका हुन् । गएको वर्ष पनि सालहले नै अवार्ड जितेका थिए ।

सालहले यो वर्ष अन्तिम पाँचमा परेका मध्ये मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली, सेनेगलकै साडिओ माने र घानाका थोमस पार्टीलाई पछि पारेका हुन् ।

साहलले मतका आधारमा चार खेलाडीलाई पछि पार्दै अवार्ड जितेका हुन् । बिबिसी वर्ल्ड न्युजमा शुक्रबार भएको विशेष कार्यक्रममा विजेताको घोषणा गरिएको हो ।

मनोनयनमा परेका खेलाडीबाट अन्तिम चरणका लागि पाँच खेलाडीको छनौट अफ्रिकी फुटबलका विशेषज्ञको प्यानलले गरेका थिए । गएको सिजन सालहले लिभरपुलबाट ५२ खेलमा ४४ गोल गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस