समाचार

शुक्रबारदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न नपाउने

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार ९पर्सि० देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्। …

पुरा पढ्नुहॊस »

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

सिरानमुनिको पैसा ल्याउन पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाऔँ : धनराज गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले ५०० र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने तथा सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने बताएका हुन् । उनले अवैध रूपमा राखिएका धनराशि पनि ५०० र १ हजारका नोटमा प्रतिबन्ध …

पुरा पढ्नुहॊस »

प्रेमीकाले धोका दिएपछि जवानले भिडिओ कलमै आफैलाई हानेका थिए गोली

काठमाडौं । सङ्घीय संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरे । संसद् भवनको गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजितले शौचालयभित्र गएर आफैँमाथि गोली प्रहार गरेका थिए । गोलेले प्रेमिकासँगको सम्बन्धमा खटपट आएपछि आफैलाई गोली हालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोलेको ५ महिना अघि इन्गेजमेन्ट भएको थियो । त्यसपछि उनले आफ्नै खर्चमा प्रेमीकालाई रोजगारीका लागि दुबई पठाएका थिए …

पुरा पढ्नुहॊस »

न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध स्थानीयको प्रदर्शन

काठमाडौं । काठमाडौंको न्युरोडमा सवारीसाधन निषेध गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । बुधबार सडकको किनारामा लामबद्ध भएर उनीहरुले काठमाडौं महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले सवारीसाधन निषेध गर्ने योजनालाई उषड्यन्त्र भनेका छन् । उनीहरुले विभिन्न प्लेकार्डहरुसहित किनारमा उभिएर प्रदर्शन गरेका थिए ।

पुरा पढ्नुहॊस »

दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिएका किसानमाथि प्रहरी धरपकड

काठमाडौं । दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिएका दुग्ध किसानमाथि प्रहरीले धरपकड गरेको छ । मंसिरदेखिको दूधको पैसा पाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ र तालाबन्दी कार्यक्रम गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ । संघका सञ्चालक समेत रहेका बालकृष्ण उप्रेतीका अनुसार करिब ५० जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनले …

पुरा पढ्नुहॊस »

प्रहरीको प्रारम्भिक निष्कर्ष- अजित आफैंले बोकेको राइफलले निधारमा गोली हाने

काठमाडौं । संघीय संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले आफैँले बोकेको राइफलले गोली हानेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीकाअनुसार कार्यदलबाट खटिएका उनले आफैँले निधारमा गोली हानेको पाइएको हो । उनको शव बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । ‘बाथरुमभित्र राइफल र गोलीसँगै उनी मृत अवस्थामा भेटिएका छन्,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा उनले आफैँले गोली हानेको देखिन्छ । …

पुरा पढ्नुहॊस »

संसद् भवनमा आफैलाई गोली हानेका जवान गोलेको मृत्यु

काठमाडौं । संघीय संसद् भवनभित्र आफैलाई गोली हानेर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् । संसद् भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको राइफलले आफ्नै निधारमा फायर गरेको खुलेको छ । उनी बिहान करिब ८ बजेर १५ मिनेट जाँदा शौचालया मृत भेटिएका थिए । …

पुरा पढ्नुहॊस »

अछाममा छाउगोठकी किशोरीमाथि सामूहिक बलात्कार, अचेत अवस्थामा उद्धार

काठमाडौं । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन् । उनलाई अचेत अवस्थामा देखेपछि स्थानीय एक किशोरीले प्रहरीलाई खबर गरेकी हुन् । किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट …

पुरा पढ्नुहॊस »

प्रहरी कार्यालय नजिकै दुई युवामाथि खुकुरी हानियो

काठमाडौं । लमजुङमा दुई जना युवामाथि खुकुरी प्रहार भएको छ । सुन्दरबजार नगरपालिका-९ स्थित इलाका प्रहरी कार्यालय भोटेओडार नजिकै मंगलबार दिउँसो २ युवामाथि खुकुरी प्रहार भएको हो । खुकुरी आक्रमणबाट दूधपोखरी गाउँपालिका-६ गौडा निवासी ४२ वर्षीय लिलाजंग गुरुङ गम्भीर घाइते र दोर्दी गाउँपालिका-४ निवासी ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन् । लिलाजंगको टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनलाई भोटेओडार अस्पतालमा प्रारम्भिक उपचारपछि थप …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds