७ श्रावण २०८३, बिहीबार

राष्ट्रपति पौडेलले गरे १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरिएकाेछन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई राष्ट्रपति पौडेलद्वारा ओलम्पिक टर्च हस्तान्तरण गरिएकाे हाे  ।

१३ औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ । ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जानकारी दिएकाे छ ।


 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री