२१ जेष्ठ २०८३, बिहीबार

ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने उल्लेख गरेका छन् ।आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता रहेकाे बताए  ।

ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको मन्त्री पुनले बताए । मन्त्री पुनले भने, ‘ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरै भन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा गरेर नेपालमा पर्यटनको व्यवसाय पनि बढाउन सकिन्छ,’ ।

उनले भने, ‘हामी आधुनिक विज्ञान र प्रविधिमा धेरै पछि पर्यौं । आधुनिक विज्ञान र प्रविधिको विकास गर्न नसकेर सम्पूर्ण रुपमा विदेशीमा भर पर्नुपर्ने भयो । विदेशमा बनेका बस्तु नेपालमा आयात गर्नुपर्दा हाम्रो अर्थतन्त्र बढाउन नसकिने भयो ।’

मन्त्री पुनका अनुसार ध्यान र योगको जन्मभूमि नेपाल भएकाले यसलाई पर्यटनसँग जोडेर अर्थतन्त्र सुधार गर्न सकिन्छ । उनले भने, ‘ध्यान र योगको प्रवद्र्धनमार्फत पर्यटन विस्तार गर्न सके नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री