काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाली प्रदेसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरूङले जानकारी दिएका छन् । साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । ४० सदस्यीय प्रदेशसभाबाट विश्वासको …
पुरा पढ्नुहॊस »प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा २ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्र पढेर सुनाउने छन् । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल …
पुरा पढ्नुहॊस »दाङमा जीप दुर्घटना : एकको मृत्यु, दुई जना गम्भीर
काठमाडौं । दाङमा आइतबार साँझ भएको जीप दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका–१ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका थिए । घाइतेमध्ये सल्यानको त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाका अनुसार घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई …
पुरा पढ्नुहॊस »अटोरिक्सा बगाउँदा बेपत्ता किशोरी मञ्जुको दुई दिनपछि शव फेला
काठमाडौं । दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । शुक्रबार राति तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएकी सुर्खेत घर भई तुलसीपुर–४ खाद्रै बस्दै आएकी १६ वर्षीया मञ्जु खड्काको शव आज फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बबई गाउँपालिका–५ खयरभट्टीस्थित बबई नदीको किनार पानीमा तैरिएको अवस्थामा शव भेटिएको हो । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै …
पुरा पढ्नुहॊस »साउनको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भिड
काठमाडौं । साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा विहानैदेखि भक्तजनको भिड लागेको छ । साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन् । साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ ।
पुरा पढ्नुहॊस »आज पनि पानी पर्ने, कहाँको मौसम कस्तो ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव देखिएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन् । सुदूरपश्चिम …
पुरा पढ्नुहॊस »साढे आठ किलो गाँजासहित प्रियंका पक्राउ
काठमाडौं । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो । जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
पुरा पढ्नुहॊस »कर्णालीमा सरकारमा गयो काँग्रेस, चार मन्त्रीले लिए शपथ
काठमाडौं । कर्णालीका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण …
पुरा पढ्नुहॊस »