समाचार

न्युरोडको फुटपाथ बढाउन स्थानीयको अवरोध : महानगर भन्छ- काम रोकिँदैन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित न्युरोडका स्थानीयले काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् । शुक्रवार काठमाडौं महानगरपालिकाले वडा नं. २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम शुरु गरेको थियो । स्थानीयले फुटपाथ बढाउने कामको बिरोध गर्दै अवरोध गरेका हुन् । उनीहरुले महानगरपालिका विरुद्ध …

पुरा पढ्नुहॊस »

त्रिशूलीमा दुई बस बेपत्ता भएको एक बित्यो, भारतसम्म पुगे शव (अपडेट)

काठमाडाैं । अघिल्लो शुक्रबार बिहान दुईवटा बस चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका थिए । तर, हप्ता पुग्दासम्म पनि बस फेला परेका छैनन् । गत शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस नारायणगढ-मुग्लिन सडकअन्तर्गत पहिरोले बगाउँदा त्रिशूली नदीमा खसी बेपत्ता थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । …

पुरा पढ्नुहॊस »

अमेरिका जान लेखेको पत्रले विवादमा उपसभामुख इन्दिरा, के छ पत्रमा ? (पत्रसहित)

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक …

पुरा पढ्नुहॊस »

न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

काठमाडौं । अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका हुन् । यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो । फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो । सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि …

पुरा पढ्नुहॊस »

कोटेश्वरको गेष्टहाउसबाट ६ बालिकाको उद्धार

काठमाडाँ । कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । गैरकानुनी गतिविधिमा संलग्न भएको …

पुरा पढ्नुहॊस »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । साउन २३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनकाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।  

पुरा पढ्नुहॊस »

आजको मौसमः देशका यी स्थानमा मध्यमदेखि भारी वर्षाको पूर्वानुमान

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटमा प्रतिवन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित ‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटमा प्रतिबन्ध लगाएको छ । विभागले बजार अनुगमनका क्रममा ओफिनको गुणस्तर न्यून पाएपछि उक्त कम्पनीबाट उत्पादित ब्याच नम्बर ०–२३ को ओफिन ट्याब्लेट गुणस्तरहीन रहेको जनाएको छ । विभागले बजारबाट प्रतिबन्धित ओफिन तुरुन्त फिर्ता लैजान तथा उक्त औषधिको विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ। सो औषधिको सिफारिश, बिक्रीवितरण तथा प्रयोग नगर्न सबैलाई विभागले आग्रहसमेत गरेको छ ।

पुरा पढ्नुहॊस »

यही ७ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदका आगामी कार्यक्रमबारे संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । बिहीवार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलहरुका प्रमुख सचेतकहरुसँग संसदका आगामी कार्यक्रमबारे छलफल गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनकाअनुसार सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग १५ गतेसम्म ६,७ र ८ गते संसद …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds