समाचार

निस्सासिएर सुत्केरीको मृत्यु, बच्चाको अवस्था गम्भीर

काठमाडौं । जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरी महिलाको आगो बालेर सुतेको अवस्थामामा निस्सासिएर मृत्यु भएको छ । सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर उनको मृत्यु भएको हो । पातासारी-६ स्थायी ठेगाना भएकी सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निस्सासिएर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते महताराको उपचारको क्रममा निधन भएको बताइएको छ । धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ …

पुरा पढ्नुहॊस »

संसद् बैठक आज : सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।

पुरा पढ्नुहॊस »

यी प्रदेशमा आज मध्यमदेखि भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि रातिदेखि नै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

संसदमा बोल्दा तथ्यपूर्ण बोलौं, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन् । उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले आफूले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग …

पुरा पढ्नुहॊस »

कर्णाली सरकारबाट बाहिरियो माओवादी, मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकार छोडेका हुन् । माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, ऊर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका छन् । एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । …

पुरा पढ्नुहॊस »

रविले तथ्यहीन र अत्यन्तै कुण्ठापूर्ण अभिव्यक्ति दिए, मेरो घोर आपत्ति छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे मुख खोलेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत रास्वपा सभापति लामिछानेबारे स्टन्टको राजनीतिबाहेक अरु केही नभएको आरोप लगाएका हुन् । सांसद चौधरीले सभापति लामिछानेलाई कटाक्ष गर्दै विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे त्यो स्टन्टको राजनीतिबाहेक अरु केही नभएको आरोप लगाएका …

पुरा पढ्नुहॊस »

पूर्व राज्यमन्त्री रायको धारिलो हतियार प्रयोग गरी हत्या

काठमाडौं । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । उनको आइतबार राति चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित साविक गाउँको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएकोमा उनी सँगै सुतेका थिए । उनी बेलाबेला सो घरमा बस्न आउने गरेको देखिएको मधेस प्रदेश प्रहरी कार्यालयका …

पुरा पढ्नुहॊस »

साउनको पहिलो सोमबार, झरीबिच शिवालयमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

काठमाडौं । पवित्र महिना साउन र त्यसमा पनि सोमबार छुट्टै विशेषता रहन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।

पुरा पढ्नुहॊस »

बङ्गलादेशबाट आइतबारमात्रै ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरुमध्ये आइतबारमात्र चार सय २० जना स्वदेश फर्किएका छन् । हवाईमार्गबाट एक सय १५ र बाँकी तीन सय पाँच जना काँकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएका अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले जानकारी दिए । बिहान ११ः३० मा ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds