काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गए राति बर्दघाट‐४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन । सडक मर्मतपश्चात् आज बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् । उनले मर्मत गरिए पनि सडक भासिने जोखिम …
पुरा पढ्नुहॊस »बाढी–पहिरोमा परी २४४ जनाको मृत्यु, १९ बेपत्ताको कसरी हुँदैछ खोजी ?
काठमाडौं । हालैको बाढी–पहिराेमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । ‘बाढी-पहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि …
पुरा पढ्नुहॊस »दुर्गापक्षको चौंथो दिन : कुष्माण्डाको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख …
पुरा पढ्नुहॊस »दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । बिहान करिब ५ बजेदेखि पहिरोले गर्दा राजमार्गको यो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । यस क्षेत्रको पुरानो ट्र्याकमा लगातार पहिरो झर्दै आएपछि यातायात पुनः अवरुद्ध भएको नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठले जानकारी दिए । उनकाअनुसार, पुरानो ट्र्याकमा पहिरो निरन्तर झर्ने क्रम नरोकिएपछि अर्को नयाँ ट्र्याक खोल्ने काममा जोड दिइएको छ । …
पुरा पढ्नुहॊस »बाढीपहिरोमा परी २३९ जनाको मृत्यु भएको गृह मन्त्रालयद्वारा जानकारी
काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता छन् । अन्य १७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
पुरा पढ्नुहॊस »नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए …
पुरा पढ्नुहॊस »विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको छ । सिंहदरबारमा आज (शुक्रबार) बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा बाढी पहिरोबाट बढी क्षतिग्रस्त भएका जिल्लालाई संकटग्रस्त क्षेत्र गर्ने विषयमा छलफल भए पनि प्रभावित स्थानीय तहलाई …
पुरा पढ्नुहॊस »नेफेज अध्यक्षमा कार्की, बमलाई पपुलर मत
काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेफेजको शुक्रबार भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरे । कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा. रवि शर्मा अर्यालले जानकारी दिए । उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी …
पुरा पढ्नुहॊस »बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो
काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७७ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
पुरा पढ्नुहॊस »हनी ट्रयाप प्रकरण : इटहरीकी भिमादेवी थापा पक्राउ
काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ । इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । प्रहरीले यसअघि सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो । बलात्कार मुद्दामा फसाई दिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए । त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो । घटनाको विषयमा …
पुरा पढ्नुहॊस »