समाचार

रविको पक्राउपछि तातियो पोखरा, निरन्तर प्रदर्शनको तयारीमा रास्वपा

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

पुरा पढ्नुहॊस »

तीन वटै विमान उडानमा छन् : वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका हुन् । एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर बेलुकीबाट उडानमा ल्याइएको उनले जानकारी दिए । ‘शनिबार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी विमान नियमित उडानमा रहेका छन् । एउटा वाइडबडी विमान पनि मर्मतपछि आजैबाट …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालको मौसम प्रणालीमा हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

६५ रुपैयाँले बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

काठमाडौं । अन्डाको मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

पुरा पढ्नुहॊस »

अब सातै प्रदेशमा जलनको निःशुल्क उपचार, यी अस्पतालले दिनेछन् सेवा

काठमाडौं । देशका सातवटै प्रदेशमा अब जलनको निःशुल्क उपचार सेवा सञ्चालन हुने भएकाे छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचार खर्च बेहाेर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव सरकारले पारित गरेको हो ।

पुरा पढ्नुहॊस »

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । शुक्रवार सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज आइतबार म्याद थपका लागि अदालत लगिएको थियो । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता डा.नारायणदत्त कँडेल, सुवास आचार्य, नारायण घिमिरे लगायतले बहस गरेका थिए । लामिछानेलाई शुक्रवारबाट गणना हुने गरी पहिलो …

पुरा पढ्नुहॊस »

अदालतले मलाई न्याय दिनेमा निर्धक्क छु: रवी लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले आफूलाई न्याय दिनेमा पूर्ण विश्वास रहेको वताएका छन्।सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेपछि आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइँदा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनीले यस्ताे वताएका हुन्। मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु। तर यो सरकारकोविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु। मेरो लागि होइन। अदालतले मलाई न्याय दिन्छ। न्यायालयप्रति धेरै नै विश्वास छ।’ उनले वताए। लामिछानेले …

पुरा पढ्नुहॊस »

आजदेखि लाइसेन्स बोक्न नपर्ने, डिजिटल लाइसेन्सलाई मान्यता

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि डिजिटल लाइसेन्स जाँच गर्ने भएको हो । अबदेखि सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र –लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउनसक्ने छन् । ट्राफिक प्रहरीलाई उक्त लाइसेन्स जाँच गरी कारबाही गर्न सरकारले छुट्टै स्मार्टफोन उपलब्ध गराएको छ । नागरिक एपमा रहेको लाइसेन्ससँगै एउटा क्यूआर देखिने छ । ट्राफिक भोयलेसन रजिस्ट्रेसन सिस्टम (टीभीआरस) मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको …

पुरा पढ्नुहॊस »

रवि लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ता सडकमा 

फाइल तस्वीर

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलाको सडकमा भेला भएका छन् । प्रदर्शनकारीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी समेत गरेका छन् ।        

पुरा पढ्नुहॊस »