काठमाडाैं । धनुषाको धनौजीमा स्कुल बसले किच्दा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका–२ को रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिकालाई ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए । गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक …
पुरा पढ्नुहॊस »क्रिप्टो कारोबारीसँग रकम असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौँ । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा चलाइएकामध्ये तामाङ भने फरार छन् । उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर …
पुरा पढ्नुहॊस »रवि लामिछानेमाथि गहिरो अनुसन्धान : अरू जिल्ला पनि पुर्याउन सक्ने
काठमाडौं । कास्की प्रहरीले सहकारी रकम अपचलनमा संलग्नताको आरोपमा हिरासतमा लिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक रवि लामिछानेमाथि गम्भीर अनुसन्धान भइरहेको छ । सहकारी संस्थाहरूबाट मिडिया नेटवर्कमा ठूलो मात्रामा बचतको अपचलन भएको आशङ्कामा उनलाई पोखरा लगिएको हो ।
पुरा पढ्नुहॊस »श्रीमानले पेट्रोल छर्किएर आगो लगाइएकी पूर्णकुमारीको मृत्यु
काठमाडौं । उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाइएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २२ गते घरायसी विवादमा उदयपुरको बेलका नगरपालिका–८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राईलाई ४८ वर्षीय श्रीमान दानबहादुर राईले पेट्रोल छर्किएर शरीरमा आगो लगाइ दिएका थिए । आगोले जलेर गम्भीर घाइते पूर्णकुमारीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाका प्रहरी निरीक्षक सुमन बाँनियाले जानकारी दिए । घटनामा संलग्न …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »त्रिवि स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोधिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार पारिने भएको छ । त्रिविकी सहकूलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविका वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायमा स्नातक तहका प्रश्नपत्र नेपालीमा पनि हुने जानकारी दिएकी हुन् ।
पुरा पढ्नुहॊस »छविलाल जोशीलाई रुपन्देही पठाइयो
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई रूपन्देही पठाइएको छ । उनलाई सोमबार बुटवल पठाइएको हो । बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि जोशीलाई पोखराबाट बुटवल लगिएको हो । जोशीलाई प्रहरीले असोज ६ गते काठमाडौंमा पक्राउ गरेर कास्की लगेको थियो । गोरखा मिडियामा उनी जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार हुन् ।
पुरा पढ्नुहॊस »मन्त्रिपरिषद बैठक स्थगित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा ५ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो । ‘मन्त्रिपरिषद बैठक साँझ ५ बजे बोलाइएको थियो तर अहिले स्थगित भएको खबर आएको छ’, एक मन्त्रीले सुनाए, ‘कारण खुलाइएको छैन ।’ आजको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा …
पुरा पढ्नुहॊस »मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त
काठमाडौं । गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । पौडेल लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् ।
पुरा पढ्नुहॊस »डिआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।
पुरा पढ्नुहॊस »