समाचार

घरमा बसिरहेका बेला चट्याङ लागेर युवकको घटनास्थलमै मृत्यु

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

काठमाडौं । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ । बिहीबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा–४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो । तामाङ घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास भएका थिए । तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

ओलीले भने- कांग्रेसले संसद चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेका छन् । मन्त्रिपरिषद्को बैठकअघि शुक्रबार प्रचण्ड र ओलीबीच संसदको अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको हो । बैठकपछि एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले निरन्तर संसद बैठक अवरोध गरेपछि संसदको अधिवेशन अन्त्य गर्न बाध्यता भएको बताएका छन् । ‘कांग्रेसले संसद चल्न दिएन । यसैले संसदको अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । बिजनेस नपाएर …

पुरा पढ्नुहॊस »

रञ्जिताले रेशम पक्षका मुख्यमन्त्रीका दाबेदार घनश्याम चौधरीलाई गरिन् निलम्बन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेकी छन् । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै घनश्यामलाई तीन महिनासम्मका लागि निलम्बन गरिएको पत्र सभाभुख भीमबहादुर भण्डारीलाई बुझाइएको छ । घनश्यामलाई रेशम चौधरी पक्षले मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने लगभग निश्चित जस्तै छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद बढेको …

पुरा पढ्नुहॊस »

हिँडेरै अस्पताल पुगेकी २२ वर्षीया भीमाको पाठेघर सफा गर्दा मृत्यु

काठमाडौं । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । हिँडेरै अस्पताल पुगेकी दैलेखको आठबिस नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । उनी दैलेखबाट उपचारका लागि केही दिाअघि सुर्खेत पुगेकी थिइन् । सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको निजी अस्पतालमा पुगेकी उनको त्यहाँ पाठेघरमा केही समस्या देखायो । त्यसपछि आफैं हिँडेर भीमा प्रदेशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् …

पुरा पढ्नुहॊस »

सामुदायिक वनको डढेलोमा परी बालकको मृत्यु

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका …

पुरा पढ्नुहॊस »

वर्षाले घटाएन वायु प्रदूषण, काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । देशभर बुधबार र बिहीबार पानी परेपनि प्रदूषण र तुवाँलो भने कायमै छ । एक सातादेखि हरेक दिन मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह पुग्दै आएकोमा वर्षा भएपनि त्यो कायमै रहेको हो । आज बिहान साढे ९ बजेको रेकर्ड अनुसार  काठमाडौं विश्वकै दोस्रो सबैभन्दा बढी वायु प्रदूषण भएको सहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार काठमाडौं विश्वको दोस्रो बढी वायु प्रदूषण भएको …

पुरा पढ्नुहॊस »

एयरहोस्टेसको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । नेपाल वायु सेवा निगमले विमान परिचारिका (एयरहोस्टेस)हरुको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । ३० जना माग गरिएको एयरहोस्टेसका लागि ९१ जना लिखितमा उत्तीर्ण भई शारिरीक तथा स्वास्थ्य परिक्षणका लागि छनोट भएका हुन् ।

पुरा पढ्नुहॊस »

बाजुरामा फेरि गयो भूकम्प, आसपासका क्षेत्रमा धक्का महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा स्थानीय बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ । सूदूरपश्चिममा बेला बेला भूकम्प जाने क्रम जारी छ ।

पुरा पढ्नुहॊस »

आज यी प्रदेशमा छ मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शुक्रबार) देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै …

पुरा पढ्नुहॊस »