समाचार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, आज देशभर सार्वजनिक बिदा

काठमाडौं । आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख । भद्र कृष्ण पक्षको सप्तमी तिथि । श्रीकृष्ण जन्माष्टमी व्रत । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

दोरम्बा पहिरो : घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइयो ६ शव, चारको खोजी जारी

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गए राति गएको पहिरोमा परी मृत्यु भएका ६ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडाै‌ पठाइएको छभने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो । हराइरहेका अन्य चार जनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए । …

पुरा पढ्नुहॊस »

ठमेलबाट झन्डै ४ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौं ठमेलबाट चार करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ परेका छन् । आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई एक किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो । उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ …

पुरा पढ्नुहॊस »

नेपाली तीर्थयात्री चढेको बस समस्तीपुरमा दुर्घटना

काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ । आइतबार बिहान बिहारको समस्तीपुरमा बस दुर्घटना भएको हो । दुर्घटनामा ३० बढी यात्रु घाइते भएका छन् । बसमा ४३ जना यात्रु रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू सबै मधेश प्रदेशका हुन् ।

पुरा पढ्नुहॊस »

छुट्टाछुट्टै स्थानमा एउटै बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

काठमाडौं । झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकामाथि एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका हछन् । बालिकामाथि ७ जना युवाले अर्जुनधारा नगरपालिका-५ र बिर्तामोडमा बलात्कार गरेको पाइएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए । उनकाअनुसार तीमध्ये ६ आरोपी पक्राउ गरेका छन् भने एकजना फरार रहेका छन् । अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ …

पुरा पढ्नुहॊस »

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्रलाई व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएसँगै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानून …

पुरा पढ्नुहॊस »

दोरम्बा पहिरो अपडेट- ६ जनाको शव भेटियो, ४ बेपत्ता

काठमाडौं । रामेछापको दोरम्बाको शैलुङ गाउँपालिका-३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छभने अन्य ४ जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु …

पुरा पढ्नुहॊस »

कल्भर्ट नजिकै मृत फेला परे रामगोपालपुरका वडाध्यक्ष यादव

काठमाडाैं । महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् । सडकको कल्भर्ट नजिक बिहान वडाध्यक्ष यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै मोटरसाइकल पनि भेटिएको छ । घटनास्थल बर्दिबास नगरपालिका ८ मा पर्छ । वडाध्यक्ष यादवको शव भेटिएपछि अहिले बर्दिबास-जलेश्वर सडक अबरुद्ध बनेको छ ।

पुरा पढ्नुहॊस »

डिउटी गर्दागर्दै अस्ताए प्रहरी हवल्दार बोहरा

काठमाडाैं ।  जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एकजना प्रहरी सहायक हवल्दारको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक बहादुर बोहराको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नागरिक सहायता कक्षमा डिउटीमा खटाइएको थियो । तर उनी डिउटीकै क्रममा साढे दुई बजेको समयमा अचानक बेहोस भएका थिए …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds