समाचार

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस सेतीदोभान पुलबाट खस्यो

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सेती दोभानमा यात्रुवाहक बस दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस बिहान पौने ५ बजेनिर सेती दोभानमा पुलबाट खोल्सामा खसेको हो ।

पुरा पढ्नुहॊस »

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराईका भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी …

पुरा पढ्नुहॊस »

बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना हुनै फैसला गरेको छ । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई सो सजाय तोकेका हुन् । पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।

पुरा पढ्नुहॊस »

अधिवक्ता त्रिपाठीमाथि आक्रमणको आरोप लागेका दुई जना धरौटीमा रिहा

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने दुई जनासँग जिल्ला अदालत काठमाडौंले एक–एक लाख रुपैयाँ धरौटी मागेको छ । काठमाडौं जिल्ला अदातलका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एकरएक लाख धरौटीमा मागेको हो । अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् । अर्का प्रतिवादी हुम्लाको …

पुरा पढ्नुहॊस »

कांग्रेस नेता विश्वकर्माविरुद्ध मेयर साम्पाङले दिए अख्तियारमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विश्वकर्मामाथि कारबाही माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । एक टेलिभिजन अन्तर्वार्तामा विश्वकर्माले एडीबीबाट ऋण तथा अनुदान लिएर धरानमा खानेपानी आयोजना बनाएको कुरा विश्वकर्माले उल्लेख गरेको र उक्त अन्तर्वार्तामा उल्लेख गरेकोजस्तो रकम आएको नदेखिएको वा हिनामिना भएको देखिने विषय मा मेयर साम्पाङले विश्वकर्माविरूद्ध …

पुरा पढ्नुहॊस »

विपिन जोशीको रिहाइका लागि सभामुखले पठाए अरब संसदका अध्यक्षलाई पत्र

काठमाडौं । सभामुख देवराज घिमिरेले अपहरणपछि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् । ‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका …

पुरा पढ्नुहॊस »

सिन्धुलीमा सडकबाट गाडी खस्दा चालकको मृत्यु, पाँच जना घाइते (अपडेट)

काठमाडाैं । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ५ खनियाँखर्क नजिक शुक्रबार बिहान भएको यात्रुबाहक विद्युतीय सवारी (इभी) दुर्घटनामा परी चालकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते छन् । झापाबाट काठमाडौं जाँदै गरेको वा १ –०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । …

पुरा पढ्नुहॊस »

होटलमा बेहोस भएका युवकको मृत्यु

काठमाडौं । झापामा महिला साथीसँग होटलमा बसेका युवकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा हल्दिबारी गाउँपालिका-१ का ३० वर्षीय सागर बेस्रा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बेस्रा बिहीबार राति एक महिला साथीसँग होटल पुगेका थिए । राति सुतेका बेला उनी कोठाको बाथरुममा लडेपछि बेहोस भएका थिए । उनलाई करिब साढे १ बजेतिर उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत …

पुरा पढ्नुहॊस »

विपिनको रिहाइबारे इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् । सो क्रममा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिनको रिहाइको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएका …

पुरा पढ्नुहॊस »

रवि लामिछानेको धरौटी पुग्यो दुई करोड ७९ लाख, कहाँ कति बुझाए ?

काठमाडौं । पाँच वटा सहकारीको रकम अपचलन मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको धरौटी मात्रै दुई करोड ७९ लाख पुगेको छ । कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम र चितवनको साहारा गरी चारवटा सहकारीको रकम अपचलनसम्बन्धी सम्बन्धित जिल्लाका अदालतहरूले तोकेको धरौटी दुई करोड ७९ लाख पुगेको हो । लामिछानेलाई कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख, रुपन्देहीमा एक करोड र चितवनमा ५४ लाख धरौटी मागिएको छ । …

पुरा पढ्नुहॊस »