काठमाडौं । आज (सोमबार) राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
तपाईंको प्रतिकृया



