विविध

खुल्यो पोखरा विमानस्थल

काठमाडाैँ । तेल बोकेको ट्यांकर हटाएपछि पोखरा विमानस्थल खुलेको छ । आज बिहान धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि विमानस्थल बन्द गरिएको थियो । आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै रिफ्युलर ट्यांकर पल्टिदा केही घण्टा हवाइ उडान र अवतरण कार्य रोकिएको थियो । पेरिमिटर रोडको नजिकै पल्टिएको ट्यांकर हटाइसकेपछि अहिले विमानस्थल खुलेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो ।

पुरा पढ्नुहॊस »

सुनकोसीस्थित फोक्सिङटारको बेलिब्रिज झिकियो

काठमाडाैँ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज वर्षा सुरुसँगै झिकिएको हो । गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले ९ जेठदेखि १५ जेठसम्म लगाएर बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रज हाल्ने र झिक्ने ठेक्का लिएको …

पुरा पढ्नुहॊस »

अब यी ७१ पालिकाको नतिजा आउन बाँकी (सूचीसहित)

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । यो समाचार तयार पार्दासम्म १ महानगरसहित ६८२ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । ७५३ पालिकामध्ये ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ । यी हुन् मत परिणाम आउन बाँकी पालिका प्रदेश एकः १४ अर्जुनधारा नगरपालिका, झापा कमल नगरपालिका, झापा गौरादह नगरपालिका, झापा गौरीगंज गाउँपालिका, झापा मेचीनगर नगरपालिका, झापा शिवसताक्षी …

पुरा पढ्नुहॊस »

८८ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ८८ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस , नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् । पछिल्लो विवरणअनुसार कांग्रेस ३४, एमाले ३१, माओवादी केन्द्रले २२ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । मतगणना जारी  रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी …

पुरा पढ्नुहॊस »

पोखरामा अग्रता बढाउँदै गठबन्धन, कसको कति मत ?

काठमाडाैँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । त्यहाँ गठबन्धनबाट मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ४४८ ४०६ मत पाएर अग्रता बनाइरहेका हुन् । १ सय मत गणना हुँदा मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ३८३ मत पाए । उपमेयरमा कांग्रेसकी काँग्रेसकी कोपिला रानाभाटले ४९६ तथा एमालेकी मञ्जुदेवी गुरूङले ४०४ मत पाएकी छन् ।

पुरा पढ्नुहॊस »

नेकपा बहुमतको स्पष्टीकरण- ‘चुनाव बहिष्कार गर्ने नीति छैन’

काठमाडौँ । नवगठित नेकपा (बहुमत)ले चुनाव बहिष्कार गर्ने नीति नरहेको स्पष्टीकरण दिएको छ । संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले नियन्त्रणमा दिएपछि विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो । कुनै पनि विस्फोटन जन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको सो पार्टीले स्पष्ट पारेको छ । ‘बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले लिइसकेको कुरा सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनको आज काठमाडौंमा चुनावी सभा

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित सभा गर्न लागिएको जनाइएको छ । दिउँसो २ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सभा हुनेछ । सभालाई पाँचै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा भएको थियो । गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिबार जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो …

पुरा पढ्नुहॊस »

कलाकार डङ्गोलको एकल चित्रकला प्रदर्शनी

काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आजसम्म जारी रहने छ । प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गरेकी छन् । उनका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक बिम्बको रूपमा प्रयोग गरिएको छ । चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना …

पुरा पढ्नुहॊस »

थानकोट-सिस्ने सुरुङ खन्ने काम आधा सकियो

काठमाडाैँ । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट-नागढुङ्गा-सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट-नागढुङ्गा-सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए । अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ …

पुरा पढ्नुहॊस »

डब्लूएचओका महानिर्देशक आज नेपाल आउने, के-के गर्दैछन् ?

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन् । महानिर्देशकका साथ डब्लूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लूएचओका अन्य अधिकारीहरू आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र …

पुरा पढ्नुहॊस »