काठमाडाैं । आईएमई लाइफ इन्स्याेरेन्सले बुधबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता …
पुरा पढ्नुहॊस »एनएलजी इन्स्योरेन्सले पायो हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ । प्राधिकरणले कम्पनीलाई चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति माग्नेछ । बोर्डले अनुमति दिएपछि मात्रै यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद जारी गर्नेछ । कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख …
पुरा पढ्नुहॊस »सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही २०८० साल असार ११ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख व्यतीत रहँदा बितिमले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको …
पुरा पढ्नुहॊस »नेशनल लाइफको अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडाैँ । नेशनल लाइफ इन्स्योरेन्सले शनिबार झापामा प्रि एमडिआरटी सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेञ्ज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरूसँग आवद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि एवम् प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन …
पुरा पढ्नुहॊस »प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजनाहरु ल्याउँदै
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढभित्र मर्ज हुने भएको छ । प्रभु लाइफ इन्स्योरेन्सले जारी गरेको विज्ञप्तीमा बिक्रिको लागि ल्याउने बीमा योजनाहरू (प्रोडक्ट) छनोट गर्न आवश्यक रहेको बताइएको छ । उक्त विज्ञप्तीमा दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि श्रावण १ गतेबाट विक्रि वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट भएको बताइएको छ । नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु …
पुरा पढ्नुहॊस »पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ । यसै क्रममा मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर …
पुरा पढ्नुहॊस »सरकारको प्रतिबद्धतापछि शुरु भयो कृषि बीमालेख
काठमाडौं । सरकारले अनुदान दिन रोकेपछि रोकिएको कृषि सम्बन्धी बीमालेख जारी गर्ने कार्य आजबाट शुरु गरिएको छ । नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले विज्ञप्ति प्रकाशित गरी जेठ ७ गतेदेखि बीमालेख जारी गर्न बन्द गरिएको प्रति क्षमा मागेका छन् । सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शुल्कमा क्रमशः अनुदान दिंदै आएकोमा २०७७ सालदेखि करीब ३ अर्ब अनुदान रकम बाँकी थियो । कृषि तथा पशुपन्छी विकास मन्त्री …
पुरा पढ्नुहॊस »प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच सम्झौता
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पताल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिशेक थापाले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने कम्पनीले …
पुरा पढ्नुहॊस »प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले मिति साउन २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । आसा महिना भित्र एकीकृत कारोबार गर्ने गरी दुवै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागेका छन् । एकीकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरिएको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको देशै भरी …
पुरा पढ्नुहॊस »रिलायबल नेपाल लाइफले गर्यो छैठौं वार्षिक साधारणसभा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको छैठौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारीत गरेको छ । सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।
पुरा पढ्नुहॊस »