स्वास्थ्य

यी २३ खाना जसले शरीरलाई स्वस्थ बनाउँछ

काठमाडौं । स्वस्थ खाननाले हाम्रो शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ शरीर भयो भने हाम्रो मस्तिष्क पनि स्वस्थ हुन्छ । स्वस्थ मस्तिष्कले गरिने निर्णयहरु सफल पनि हुन्छन् । त्यसैले शरीरलाई फाइदा हुने खालको खानाहरु खानु उपयुक्त हुन्छ । शरीरलाई फाइदा हुने खानाहरु निम्न रहेका छन् : १. स्याउः स्याउमा फाइबर र भिटामिन सी पाइन्छ । जसले शरीरलाई प्रत्यक्ष फाइदा गर्दछ । दिनको एउटा स्याउ डाक्टर भगाउ भन्ने भनाई नै छ । २. …

पुरा पढ्नुहॊस »

कानको दुखाइबाट यसरी पाउनुस् छुटकारा

काठमाडाैँ । चिसो लाग्दा कानको दुखाइ बढ्न सक्छ । त्यही कारणले मात्र होइन, कानमा फोहोर जम्दा पनि कानी दुख्ने गर्छ । त्यस्तै पानी पसेर या अन्य कुनै छालाको औषधि कानमा पर्दा पनि कान दुख्ने गर्छ । कानको दुखाइ दाँतको दुखाइजस्तै कष्टकर पनि हुने गर्छ । यस्तो अवस्थामा घरेलु उपाय पनि अपनाउन सकिन्छ । कानमा आइरहेको गुनगुन आवाजलाई बदामको तेलको केही थोपा हाल्दा त्यो टाढा जान्छ । त्यस्तै प्याजलाई पिसेर मलमलको …

पुरा पढ्नुहॊस »

यसरी गर्नुस् डाइविटिजलाई नियन्त्रण

काठमाडौँ । अस्वस्थ्य खानपान, शारीरिक व्यायामको कमी लगायतका कारणले गर्दा पछिल्ला दिनहरुमा डाइभेटिज (मधुमेह)का रोगीहरुको संख्या बढ्दै गइरहेको छ । डाइभिटिज भइसकेपछि त्यसलाई निदान गर्नु भन्दा खानपानमा ख्याल गरेर त्यसलाई लाग्न नदिने वा प्रारम्भिक चरणमै नियन्त्रणको प्रयाश जरुरी छ । त्यसका लागि केही काम गर्न सकिन्छ । उच्च प्रोटिनयुक्त खाना मधुमेहको खतरामा रहेका मानिसहरुले आफ्नो खानामा उच्च प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्ने हुन्छ । कार्बोहाइड्रेट र बोसोयुक्त खानालाई सकेसम्म कम खाने …

पुरा पढ्नुहॊस »

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा बिशेष छुट

काठमाडौँ । जनता बैंक  र ह्याम्स अस्पताल, धुम्बाराही बिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र बैंकको ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् । संझौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै …

पुरा पढ्नुहॊस »

मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो ? हाेसियार हुनुस्

काठमाडाैँ । मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो भने मुटु दुखेको शंका गर्नुपर्छ । यस्तो मुटुको दुखाइ छातीमा ढुंगाले थिचेको जस्तो हुने, डोरीले बाँधेको जस्तो, मुठ्ठीले थिचेको जस्तो, आगोले पोलेको जस्तो हुन्छ । यस्तो दुखाइ दायाँ–बायाँ कुम, पाखुरा, घाँटी तथा चिउँडोतिर सर्ने गर्दछ । धेरैजसो मानिसले दम बढ्यो भने फोक्सोमा खतरा भएको भनि सोच्दछन् । यो केही सत्य भए पनि दम खोकीको सम्बन्ध फोक्सोसँग मात्र …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकका ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले काठमाडौँको एभरेष्ट अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने सम्बन्धमा बैंक र अस्पतालबीच  सम्झौता भएको छ । सम्झौता अनुसार, एन आई सी एशिया बैंकको ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउनेछन् ।

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स र चरक मेडिकेयर हस्पिटलबीच सम्झौता

काठमाडौं ।  प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिबीच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर  गरे । सम्झौता पछि  प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र अल्का अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र अल्का अस्पताल काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट कार्यकारी निर्देशक विद्याश्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरे ।उक्तसम्झौता पछि बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउने छन् एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटलबीच सम्झौता

काठमाडौँ । प्रभु इन्स्योरेन्स  र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिबीच नगद रहितसेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा  हस्पिटलको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमालेखको सिमासम्म नगद रहितसुविधा प्राप्त गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

नेपाल मेडिसिटीले विरामी र नर्सहरुको सुरक्षामा काम गर्ने

काठमाडाै । नेपाल मेडिसिटी अस्पतालले विरामीहरुको उपचारजन्य सुरक्षा, नर्सहरुको पेशागत तथा वृति विकासका लागि सुरक्षाका कार्यक्रमहरुको घोषण गरेको छ । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाउने क्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुधाकर जयरामले नेपाल मेडिसिटी अस्पतालले विरामी, नर्स तथा सम्पूर्ण कर्मचारीहरुको सुरक्षामा विशेष ध्यान दिएको बताए । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाउने क्रममा अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतो सहित सयौं नर्सहरु नेपाल मेडिसिटी अस्पताल देखि पाटन दरबार स्क्वायर सम्म वाकाथनमा सहभागी भई “नर्सहरुको आवाज …

पुरा पढ्नुहॊस »