मनॊरञ्जन

रेखा थापाको उपहार फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक

काठमाडौं । नायिका रेखा थापाको बहुप्रतिक्षित फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’ को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्बजनिक गरिएको यो शीर्ष गीत फिल्मको तेस्रो गीत हो । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा …

पुरा पढ्नुहॊस »

‘दयारानी’ माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

काठमाडौँ । नेपाली चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र बनेको बताए । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्नसक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दको रुपमा देखाउन उक्त पुरुष …

पुरा पढ्नुहॊस »

सामनाको ‘आँशुको वर्षात्’

काठमाडौं । गीतकार सामना शाहको नयाँ गीत ‘आँशुको वर्षात्’ सार्वजनिक भएको छ । नेत्र भण्डारी र पूर्णकला विसीको स्वर नेत्रकै संगीत, विश्वास नेपालीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । श्रीजन बरालले कथा/निर्देशन रहेको गीतको भिडियोमा सरस्वती खत्री, विक्रम बुढाथोकी र उमेश लम्साललाई फिचरिङ गरिएको छ । राम केसीको छायांकन रहेको गीतको भिडियोमा अमृत चापागाईंको रंग संयोजन तथा सम्पादन अमृत चापागाईंको छ । भिडियोलाई सामना म्युजिक क्रियशन युट्युब …

पुरा पढ्नुहॊस »

माघ २२ गते देशभर फिल्म हल बन्द गरिने

काठमाडौँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ । सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताए । ‘विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका …

पुरा पढ्नुहॊस »

निफको जुरीमा प्रदीप खड्का, दिया मास्के र किशोर आचार्य मनोनीत

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ) को सातौँ संस्करणमा नेपालकोतर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ । महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भएको हो । ‘महोत्सवमा तीन विधामा तीन सदस्यीय समिति रहने प्रावधानअनुरुप नेपालतर्फका निर्णायक सदस्यको नाम टुङ्गो लागेको हो, …

पुरा पढ्नुहॊस »

मेनुका पौडेलले पाइन् एआइजडित चश्मा, अब मान्छे चिन्न सक्ने !

काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चश्मा दिएका छन् । इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डा. नितिन र रोहनले एआईजडित उक्त विशेष चश्मा मेनुकालाई प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चश्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो । लता मंगेशकरको गीतमा प्रस्तुत गरेपछि मेनुकालाई चश्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट …

पुरा पढ्नुहॊस »

गायिका रचना रिमाल सवार स्कार्पियोलाई ट्रकले ठक्कर दियो

काठमाडौँ । गायिका रचना रिमाल सवार स्कार्पियो गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३-०१ ख २११८ नम्बरको ट्रकले आइतबार  बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो । रिमालको अवस्था सामान्य नै छ । दुर्घटनाका कारण उनी आइतबार महोत्सवमा भने उपस्थित हुन सकेकी थिइनन् । उनले दुर्घटनाबारे फेसबुकमार्फत् जानकारी गराएकी छिन् । आज (सोमबार) महोत्सवमा आफ्नो प्रस्तुति रहने …

पुरा पढ्नुहॊस »

चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री बन्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चलचित्र ‘नमेटिने घाउ’ मा खेल्ने भएका छन् । ओलीलाई प्रधानमन्त्रीको भूमिकामा राखेर फिल्म नमेटिने घाउ बनाउन लागिएको हो । फिल्ममा तेजाब आक्रमबाट पीडित किशोरी तथा महिलाको पीडा र उनीहरूको भोग्नु परेको अवस्था समेटिने बताइएको छ । यो चलचित्र नायक रमित ढुंगानाको हो । यस चलचित्रको निर्माता तथा निर्देशक पनि ढुंगाना नै हुन् । यस चलचित्रको छायांकन फागुन दोस्रो साताबाट …

पुरा पढ्नुहॊस »

फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गर्दै हर्क साम्पाङ

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ फिल्म ‘खजुरे ब्रो’ मा देखिने भएका छन् । ‘खजुरे ब्रो’ मा उनी विशेष भूमिकामा देखिँदै छन् । निर्माण टिमका अनुसार फिल्ममा उनको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ । उनलाई मेयरकै भूमिका देख्न सकिने कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए । फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ । कमेडी जनरामा बन्ने फिल्मको लेखन …

पुरा पढ्नुहॊस »

अभिनेत्री रेखा थापा भन्छिन्- देशको माया हुनेले आफ्ना सन्तान नेपाल बोलाए हुन्थ्यो !

काठमाडौं । अमेरिकामा बच्चा जन्माउने योजनामा रहेकी अभिनेत्री रेखा थापा यतिबेला चर्चामा छन् । ठूला सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै मत विभाजित भएको हो । उनीबारे पक्ष विपक्षमा तर्क भइरहँदा रेखाले शनिबार साँझ एक्समार्फत देशको माया हुनेहरूले आफ्ना सन्तान नेपाल फिर्ता बोलाए हुने बताएकी छन् । ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो,’ उनले भनेकी छन्, ‘अमेरिकामा किन राखेको ?’ देशको माया हुनेहरुले आफ्नो …

पुरा पढ्नुहॊस »