मनॊरञ्जन

‘बादलभित्र..’मा दिनेश विष्ट र हिरको रोमान्स (भिडियोसहित)

काठमाडौं । प्रेमिल गीत ‘बादलभित्र..’ गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । चर्चित गायक/गायिका अञ्जु पन्त र प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियोमा दिनेश विष्ट र हिर शाहीले अभिनय गरेका छन् । बागलुङको ढोरपाटन, पोखराको फेवाताल लगायत पर्यटकीय गन्तव्यमा छायाँकन गरिएको म्युजिक भिडियोमा विष्ट र शाहीको रोमान्स देख्न सकिन्छ ।  विष्ट र शाहीको जोडी पछिल्लो समय जम्दै गएको छ । ‘मायाको खेलमा…’ गीतको म्युजिक भिडियोमा पनि उनीहरूको अभिनय …

पुरा पढ्नुहॊस »

अभिनेत्री निशाले जितिन् अंश पाउने मुद्दा

काठमाडौं । अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकरबीचको मुद्दामा काठमाडौं जिल्ला अदालतले निशाले अंश पाउने फैसला सुनाएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार सगोलको सम्पत्तिको तीन भागको एक भाग निशाले पाउने फैसला गरेको हो । निशा र शरदको बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको छ । अंश नपाउँदासम्म मानाचामल बापत बादीहरू (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार …

पुरा पढ्नुहॊस »

के मिस पबी एलिनाका पूर्वप्रेमीसँग प्रेम छिन् ?

काठमाडौं । टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल भएपछि दुईबीच प्रेम सम्बन्धको चर्चा सुरु भएको छ । सापकोटा गायिका एलिना चौहानका पूर्वप्रेमी हुन् । भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरिरहेको देखिन्छ । मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । गत साता पोष्ट भएको सो भिडिओ अष्ट्रेलियामै खिचिएको हो । यसबीच, मिस पबीले सोमबार …

पुरा पढ्नुहॊस »

यस्तो छ नवल खड्काको ‘काँडेतार’को ट्रेलर (भिडिओ)

काठमाडौँ । नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्छ भन्ने अभियान बोकेको फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । माओवादी निकट मानिने अभिनेता नवल खड्काले ‘जनयुद्ध दिवस’को अवसर पारेर सार्वजनिक गरेको साढे २ मिनेट लम्बाईको ट्रेलरमा सीमा अतिक्रमणको विषयलाई उठाइएको छ । ट्रेलर रिलिज कार्यक्रममा आक्रोशित देखिएका नवलले फिल्ममा उठाएको विषयकै कारण आफ्नो ज्यान जोखिममा रहेको बताए । फिल्मले उठाएको विषय अब राष्ट्रिय अभियान बन्ने नवलको दाबी छ । नवल स्वयंको निर्देशन रहेको …

पुरा पढ्नुहॊस »

प्रियंका कार्की, आयुष्मान देशराज र आयांका बने वात्सल्यका ब्राण्ड एम्बेस्डर

काठमाडौं । वात्सल्य नेचुरल आइभिएफले ब्राण्ड एम्बेस्डरको रूपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरूको छोरी आयांकालाई संयुक्त रूपमा नियुक्त गरेको छ। वात्सल्यको नारायणचौरस्थित क्लिनिकमा भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन्। वात्सल्य क्लिनिकका संस्थापक/प्रबन्ध निर्देशक प्रशान्त सुवेदी ब्राण्ड एम्बेस्डरको रूपमा तीनै जनालाई संयुक्त रूपमा लिन …

पुरा पढ्नुहॊस »

जन्मदिनमा ‘बाँध न मलाई’ भन्दै शाह

काठमाडाैं । काठमाडौं । गायिका रेखा शाहले आफ्नो जन्मदिनमा नयाँ गीत ‘बाँध न मलाई’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । ‘सिमसिमे पानीमा’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएकी शाहले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्नुभएको हो । गायक एवं संगीतकार रवि शर्मासँगको युगल गायनमा रहेको ‘बाँध न मलाई’ बोलको गीत भिडियो रेखा शाह युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पुष्कर खत्रीको रचना र संगीत संयोजन रहेको गीतको ‘सिगिङ भर्सन’ भिडियोमा …

पुरा पढ्नुहॊस »

नन्दुको स्वरमा ‘मुटु त ढुक ढुक’

काठमाडौं । नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ सार्वजनिक भएको छ । कुमार गुरुङको शब्द, सिद्धान्त खड्काको एरेन्ज र राजीव शाहको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रोशन विश्वकर्माको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा सरोज प्रजा र बिना राउतसँगै विवेक, प्रितम, दावा र रूपक फिचर्ड हुनुहुन्छ । आइ क्याच स्टुडियोमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा विशाल थापाको छायांकन र दिन्सन …

पुरा पढ्नुहॊस »

गायिका सोना अमात्यले ल्याइन् ‘आई एम द सुपरस्टार’ (भिडियोसहित)

काठमाडौं । गायिका सोना अमात्यले चर्चित र्यापर गिरिश खतिवडा र तीव्र र्यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ एम द सुपरस्टार सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र संगीत दिँदा गिरिश र ओ२एमएल (पीग इ प्रोड)ले प्रतिध्वनी दिने ताल निकालेका छन् । मुम्बईमा कहलिएका निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा उनले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । छायाँकार आलोक शुक्लाले …

पुरा पढ्नुहॊस »

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ,’ पौडेलले लेखेकी छन् । मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । उनले फिल्मको …

पुरा पढ्नुहॊस »

निधन भएको भनिएकी पुनम पाण्डे जीवितै,कसरी चल्यो हल्ला ?

काठमाडौँ । शुक्रबार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन् । आज एक भिडिओ सन्देश पोस्ट गर्दै उनले माफी समेत मागेकी हुन् । शुक्रबार बिहान उनको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको थियो । पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पुनमलाई गुमाउनु भएको जानकारी गराउँदा …

पुरा पढ्नुहॊस »