हास्य कलाकार खेम शर्मा ‘चतुरे’को उपचारको क्रममा निधन

काठमाडौं । आइतबार उपचारको क्रममा  हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा बिहान उनको निधन भएको हो ।

शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनि विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए । टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्ममा काम गरेका छन् । उनले ‘चतुरेको दाउपेच’ नामक टिभीश्रंखला समेत निर्माण गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप