उर्जा

Energy related news.

कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सफल

काठमाडाैं । मकवानपुरमा रहेको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य सकिएको छ। आयोजना तोकिएको सयमभन्दा ५६ महिना ढिलो गरी सकिएको हो। आयोजना निर्माणकार्य सकिएपछि शनिबार परीक्षण उत्पादन गरिएको छ। परीक्षण उत्पादन सफल भएको आयोजनाले जनाएको छ। कुलेखानी तेस्रोमा रहेका २ वटै युनिटबाट परीक्षण उत्पादन सफल भएको हो। आयोजनाले पहिलो युनिटमा शुक्रबार र दोस्रो युनिटमा शनिबार साँझसम्म परीक्षण उत्पादन गरिएको थियो। इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका …

पुरा पढ्नुहॊस »

कालीगण्डकी कोरिडोरलाई विद्युत् प्राधिकरणको अवरोध

पोखरा । चीनको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरको सडक सीमालाई नेपाल विद्युत् प्राधिकरणले अवरोध गरेको छ । प्राधिकरणको कालीगण्डकी प्रसारण आयोजनाले म्याग्दीस्थित नारच्याङको सडकमै प्रसारण लाइनको फाउन्डेशन निर्माण गरेको छ । पटकपटक सडकको सीमा क्षेत्र खाली गर्न पत्राचार गरे पनि प्राधिकरणले नटेर्दा काममा बाधा पुगेको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख मुकुन्दराज अधिकारीले बताए । प्रसारण लाइनको फाउन्डेशन बनाउने अरु ठाउँ भए पनि प्राधिकरणले सडकको काम रोक्ने उद्देश्यले काम गरिरहेको …

पुरा पढ्नुहॊस »

अरुणबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने

काठमाडाैँ । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको हो । पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाको अध्ययन भइसकेको छ । एक हजार ६१ मेगावाटको अपर अरुण, छ सय मेगावाटको लोवर अरुण, …

पुरा पढ्नुहॊस »

अरुण तेस्रो आयोजनाको काम २५ प्रतिशत सम्पन्न

संखुवासभा । अरुण तेस्रो जलविद्युत आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ। ९०० मेगावाटको उक्त आयोजनाको कामा निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको आयोजनाले जनाएको छ। मकालु गाउँपालिका–५ मा रहेको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ। फ्याक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य सुरुङको ७९० मिटर पुर्‍याइएको सतलज कम्पनीले जनाएको छ।  ११ किलोमिटर रहेको सुरुङ मार्ग …

पुरा पढ्नुहॊस »

अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

काठमाडौँ ।  अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मे.वा को निर्माण सम्पन्न गरी मिति २०७६ साल असोज ६ गते देखी सफल परिक्षण कार्य भै सकेको छ । परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले २०७६/०६/१० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ । २०७३/०६/१२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड …

पुरा पढ्नुहॊस »

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ९.९ मेगावाट विद्युत

ताप्लेजुङ – ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाइड्रो पावर कम्पनीले निर्माण गरेको इँवा खोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.९ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । गएको साउनमा नै निर्माण सम्पन्न भएको आयोजनाबाट काबेली करिडोरअन्र्तगत पाँचथरको अमरपुरस्थित सवस्टेशनमार्फत असोजको सुरुबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको परियोजना निर्देशक कुबेरमणि नेपालले जानकारी दिए । निजी क्षेत्रको लगानीमा सम्पन्न भएको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय प्रसारण लाइनमा जोडियो दैलेखको नौमुले

दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय प्रमुख पूर्ण खत्रीले जानकारी दिए । तत्काल गाउँपालिका केन्द्र रहेको आसपास करीब ३०० उपभोक्ताले बत्ती बाल्ने अवसर …

पुरा पढ्नुहॊस »

केन्द्रीय प्रसारण लाइन नपुगेर साना आयोजनालाई सास्ती

बलेवा । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजना दुई साता बन्द भयो । स्थानीय उपभोक्ताकै लगानीमा निर्माण भएको आयोजनाको बाँध पुनःनिर्माणका लागि पनि स्थानीय बासिन्दाले खर्च जुटाए र बन्द भएको तेस्रो साता खुलाए । निसीखोलाको यो आयोजनाले भोगेको समस्या नयाँ भने होइन । यहाँका १६ वटा आयोजनाले वर्षेनी यस्तो समस्याको सामना गर्दैआएका छन् । वर्षात्को समयमा बाढीले बाँध …

पुरा पढ्नुहॊस »

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम चार महिनादेखि ठप्प

हेटौँडा । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा–भरतपुर खण्डको काम चार महिनादेखि ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो । आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन । करिब चार महिनायता काम हुनसकेको छैन, अब नयाँ ठेक्काको …

पुरा पढ्नुहॊस »

चिलिमे जलविद्युत् कम्पनीको नाफा ३० प्रतिशत घट्यो

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा ३० प्रतिशत घटेको छ । चिलिमेले गत आर्थिक वर्षमा रु ७१ करोड ५७ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ९२ करोड ८३ लाख खुदनाफा गरेको थियो । रोयल्टि खर्च बढेपछि नाफा घटेको चिलिमेले जनाएको छ । चिलिमेले अघिल्लो वर्षको तुलनामा गत वर्ष रु २१ करोड २५ लाख नाफा घटेकोआज सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । नाफा कम …

पुरा पढ्नुहॊस »