आर्थिक

मानुषी लघुवित्तको सम्पन्न गर्‍यो विशेष साधारण सभा

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार लिमिटेडले भक्तपुरमा विशेष साधारण सभा सम्पन्न गरेको हो । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको जनाइएको छ । संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो गत आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो । विविध समस्यका कारण उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ । तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४ सय सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार भने घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ …

पुरा पढ्नुहॊस »

एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् । सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ । विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ । अर्थमन्त्री पौडेलले …

पुरा पढ्नुहॊस »

नेप्सेमा १९ अर्बको कारोबार

काठमाडौँ । नेप्से आज सामान्य अङ्कले बढेको छ । विहिबार नेप्से ६.०१ अङ्कले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । आज कूल ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर रु १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् । त्यस्तै आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर …

पुरा पढ्नुहॊस »

हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक, यस्ता छन् आकर्षक उपहार

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहक महानुभावहरूको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले हुन्डाई Made in Nepal हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व …

पुरा पढ्नुहॊस »

एनसेलको सीएसआर कार्यक्रम सातै प्रदेशमा कार्यान्वयन, दिगो विकासमा टेवा

काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यान्वयन भइरहेका छन् । देशव्यापी रुपमा समुदाय स्तरमा आवश्यक रहेको विकास कार्यका लागि आवहान गरिएको आवेदन …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ । बुधबारको रेकर्ड मूल्यबाट ११ सय रुपैयाँ घट्दै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय कायम भएको हो । अघिल्लो दिन सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । यसअनुसार ५ रुपैयाँले घटेको चाँदी तोलाको १ हजार …

पुरा पढ्नुहॊस »

एक्सप्रेस टी विद्युतीय ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोगंबुमा

काठमाडौं । एक्सप्रेस टी विद्युतीय ट्याक्सीको गोगंबु स्थित नयाँ सर्भिस सेन्टर बुधबारदेखि सञ्चालनमा आएको छ। सर्भिस सेन्टरको उद्घाटन कार्यक्रम प्यासेन्जर भेहिकल विजनेस युनिटका महाप्रबन्धक सावन्त जंग सिजापती, प्यासेन्जर भेहिकल कस्टमरका केयरका सहायक महाप्रबन्धक कुमार भण्डारी तथा एक्सप्रेस टी का प्रतिनिधिहरु रन्धिर चौधरी र प्रसन्न रगंनाथनको उपस्थितिमा भएको छ। कम्पनीको सेवा सञ्जाल बिस्तार योजना अनुरुप ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी नयाँ सर्भिस सेन्टर थप गरिएको कम्पनीले जनाएको छ। एक्सप्रेस टी विद्युतीय ट्याक्सीको …

पुरा पढ्नुहॊस »

नेपालमा लिपमोटरका लागि अधिकृत बिक्रेता साङ्ग्रिला मोटर्स

काठमाडौं । गोल्छा सङ्गठन अन्तर्गत साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपालमा लिपमोटरको अधिकृत बिक्रेता भएको जानकारी गराएको छ। सिट्रोन र प्यूजोका लागि बिक्रेताको रूपमा स्थापित साङ्ग्रिला मोटर्सले अब लिपमोटरको लक्जरी विद्युतीय सवारी नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार लिपमोटर, स्टेलान्टिस अम्ब्रेला अन्तर्गत एक प्रतिष्ठित ब्रान्ड हो जसले प्यूजो, सिट्रोन, जीप, र फिएटको पनि स्वामित्व राख्छ र २०२४ सम्म बिक्रीको आधारमा चौथो सबैभन्दा ठूलो चिनियाँ नयाँ ऊर्जा वाहन स्टार्टअपको रूपमा …

पुरा पढ्नुहॊस »

विपद् सूचनाका लागि राकुटेन भाइबर र एनडीआरआरएमएबीच सहकार्य

काठमाडौं । राकुटेन भाइबर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले विपद् जोखिम सम्बन्धी सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘च्यानल’ सुरु गर्न समझदारी गरेका छन् । यस साझेदारीमार्फत् विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा आपतकालीन तयारीलाई प्रभावकारी बनाउन दुवै संस्थाले प्रतिबद्धता जनाएका हुन्। भाइबरमा सिर्जना गरिएको विपद् सूचना (एनडीआरआरएमए) च्यानलले प्राकृतिक प्रकोपको समयमा प्रयोगकर्ताहरूलाई सूचना तथा जानकारीहरू उपलब्ध गराउनुका साथै अन्य सुविधा पनि प्रदान गर्नेछ। यसमा प्रयोगकर्ताहरूले रियल(टाइम अलर्ट, …

पुरा पढ्नुहॊस »